|

बैतडी : बैतडीसहित सुदूरपश्चिममा २ सय १२ शय्याको आइसोलेशन कक्ष स्थापना गरिएका छन्।

सुदूरपश्चिममा प्रदेश सरकारले कोरोना संक्रमितको उपचारका प्रदेशका सबै जिल्लामा गरी उक्त संख्यामा आइसोलेसन कक्ष स्थापना गरेको हो। साथै नेपाली सेनासँगको समन्वयमा धनगढीसहित अन्य जिल्लाका अस्पतालमा गरी हालसम्म दुई सय १२ शय्याका वार्डहरू तयार गरिएका स्वास्थ्य निर्देशनालयका जनस्वास्थ्य अधिकृत ओम प्रकाश जोशीले जानकारी दिए।

जसमा सेती प्रादेशिक अस्पतालमा १०, महाकाली अस्पतालमा १०, टीकापुर अस्पतालमा १२, मालाखेती अस्पतालमा १८, डडेल्धुरा अस्पतालमा १३, जोगबुडा अस्पतालमा ८, डोटी अस्पतालमा २, अछाममा १७, बयलपाटा अस्पतालमा १३, बझाङ जिल्ला अस्पतालमा २५, बाजुरा र बैतडी जिल्ला अस्पतालमा ३÷३, दार्चुला जिल्ला अस्पताल र गोकुलेश्वर अस्पतालमा ४/४ आइसोलेशन कक्ष स्थापना गरिएका छन्।

त्यस्तै प्रदेश सरकारले नेपाली सेनाको समन्वयमा धनगढी रंगशालामा ६१ र डोटीमा ९ आइसोलेशन कक्ष स्थापना गरेको छ। सुदूरपश्चिम प्रदेशमा हालसम्म कैलाीमा १ जना कोरोना संक्रमित भेट्टिएका छन्।

आइसोलेसन कक्ष स्थापनाले कोरोना संक्रमित तथा शंकास्पदलाई उपचार गर्नमा सहज भएकोे जिल्ला अस्पताल बैतडीका डाक्टर बशन्तराज जोशीले जानकारी दिए। 

तीन जिल्लामा प्रयोगशाला स्थापना हुने

विश्व व्यापी महामारीका रुपमा फैलिएको कोरोना भाईरसको सम्भावित विरामीको नमूना परीक्षणका लागि बैतडीसहित सुदूरपश्चिमका ३ जिल्लामा प्रयोगशाला स्थापना हुने भएको छ। जिल्ला अस्पताल बैतडी, जिल्ला अस्पताल डोटी र सेती प्रादेशिक अस्पतालमा प्रयोगशाला स्थापना गरिने भएको हो। 

सुदूरपश्चिम प्रदेश सरकारको मन्त्रिपरिषद्को बैठकले कोरोनाको परिक्षण तथा चेकजाँचका लागि सुदूरपश्चिमकै रेफरल सेती प्रादेशिक अस्पताललाई कोरोना विशेष अस्पताल तोकेको समेत तोकेको जनाइएको छ।

हाल सुदूरपश्चिममा प्रयोगशाला नहुँदा नमूना परीक्षणका लागि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकु पठाउनुपर्ने बाध्यता रहेको स्वास्थ्य कार्यालय बैतडीका प्रमुख योगेशप्रसाद भट्टले जानकारी दिए। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.