उपप्रधानमन्त्री पोखरेललाई नै जिम्मेवारी

|
फाइल तस्बिर

काठमाडौं : सरकारले कोरोना भाइरको सङ्क्रमण, रोकथाम र नियन्त्रणको कामलाई प्रभावकारी बनाउन एउटा 'एक्सन टिम' बनाएको छ। प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आइतवार साँझ बसेको मन्त्रिपरिषद्को बैठकले उक्त निर्णय गरेको हो। 

उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेलको संयोजकत्वमा उच्चस्तरीय ‘एक्सन टीम’ गठन गरेको हो। उक्त टिमको नाम ‘कोरोना–१९ क्राइसिस म्यानेजमेन्ट टीम’ राखिएको छ ।

सरकारले चाल्नुपर्ने कदम, कार्यान्वयनको स्थिति र अहिले बनेका सरकारी संयन्त्रको निर्णय कार्यान्वयनका लागि कोरोना–१९ क्राईसिस म्यानेजमेन्ट सेन्टर (सिसीएमसी) गठन गर्ने निर्णय भएको अर्थ, सञ्चार तथा सूचना प्रविधिमन्त्रीसमेत रहेका सरकारका प्रवक्ता डा. युवराज खतिवडाले जानकारी दिए।

सेन्टरको संयोजकमा पनि उपप्रधानमन्त्री पोखरेललाई नै तोकिएको छ । उक्त सेन्टरमा गृहमन्त्री, स्वास्थ्यमन्त्री, अर्थमन्त्री, उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री र सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्रीसहित सुरक्षा निकायका प्रमुखसमेत रहनेछन्। 

उक्त समूह सरकारले जारी गरेका आदेश, सरकारले बनाएका क्‍वारेन्टाइन र आइसोलेसन अस्पतालको व्यवस्थापन र सरकारले आदेश जारी गरेपछि पालना गराउन चालिएका निर्णय कार्यान्वयन गराउन क्रियाशिल हुनेछ। 

यस्तै शान्ति सुरक्षा कायम गराउने र सङ्क्रमणलाई नियन्त्रणमा लगेर अनुशासनमा बस्‍नुपर्ने विषयमा उक्त समितले काम गर्नेछ । 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.