|

जाजरकोट : जुनिचाँदे गाउँपालिकाले गाउँपालिकाको प्रत्येक घरमा साबुन वितण गर्ने निर्णय गरेको छ।

विश्वव्यापीरुपमा कोरोना भाइरसको महामारी फैलिरहेकाले यसको सम्भावित संक्रमणबाट बच्न सर्वसाधरणको सरसफाइलाई ध्यान दिँदै गाउँपालिकाले प्रत्येक घरमा साबनु वितरण गर्ने निर्णय गरेको हो।

आइतबार बसेको गाउँपालिकाको बैठकले सबै नागरिकको घरमा साबुन वितरण गर्ने निर्णय गरेको गाउँपालिकाका प्रमुख कार्यकारी अधिकृत सर्वदल शाहीले बताए। त्यस्तै, तत्काल एम्बुलेन्स खरिद गर्ने निर्णय भएको शाहीले जानकारी दिए।

गाउँपालिकाका स्वास्थ्यकर्मीहरुले बिनास्रोत र साधन काम गरिरहेकाले उक्त समस्या समाधान गर्न प्रदेश र संघीय सरकारसँग समन्वय गर्ने बताएको छ। जिल्लाको अति दुर्गम क्षेत्रमा पर्ने जुनिचाँदे गाउँपालिकामा अहिले दुई ठाउँमा मात्र सहायता कक्ष स्थापना भएकाले सबै ठाउँमा तत्काल स्वास्थ्य सहायता कक्ष स्थापना गर्ने प्रमुख कार्यकारी अधिकृत शाहीले बताए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.