कालिकोट : जिल्लाको दाहाँ गाबिसको बिहानीमा भीरबाट खसेको ढुङ्गा लागेर क्रसर उद्योगमा काम गर्ने मजदुरको मृत्यु भएको छ।
शुक्रबार दिउँसो भीरबाट खसेको ढुङ्गा लागेर दाहाँ गाबिस ५ का ४५ बर्षीया ददि बिकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कालिकोटले जनाएको छ। भीरको फेदीमा क्रसर उद्योग भएका कारणले ढुङ्गा खस्ने जोखिम धेरै रहेको जिल्ला प्रहरी कार्यालय कालिकोट जनाएको छ।
तपाईंको ईमेल गोप्य राखिनेछ ।