|

धनकुटा : जिल्ला अस्पताल धनकुटामा एक बिरामीलाई अलग कक्ष 'आइसोलोसन'मा राखिएको छ। दुई साता पहिले पोर्चुगलबाट फर्किएर आएका धनकुटा-८ का ती युवामा उच्च ज्वरो र रुघाखोकी लगायतका लक्षण देखिएपछि सोमबारदेखि 'आइसोलेसन'मा राखिएको हो। 

चिकित्सकको प्रत्यक्ष निगरानीमा प्रारम्भिक उपचार भइरहेको जिल्ला अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा. पुजन विश्वकर्माले जानकारी दिए। बिरामीको 'स्वाब' परिक्षणका लागि वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा पठाउने तयारी भइरहेको उनले बताए।

यसैबीच, बिरामी युवाका परिवारलाई समेत निगरानीमा राखिने तयारी गरिएको जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी जयराम श्रेष्ठले जानकारी दिएका छन्‌। बिरामीका परिवारका अन्य सदस्यसमेत बिरामी परेको बुझिएको छ। जिल्लामा तयार गरिएको 'क्वारेन्टाइन'मा भने हालसम्म कुनै बिरामी राखिएको छैन।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.