|

काठमाडौं : विश्‍वभर फैलिएको कोरोना भाइरस (कोभिड-१९) का नेपाललाई पनि सताइसकेको छ। कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ३१ हजार भन्दा बढी नाघिसकेको छ।

नेपालमा पनि पाँच जनामा कोरोना भाइरस संक्रमण देखिएको छ। सरकारले कोरोना रोकथामका लागि लकडाउन गरेपछि अत्यावश्यक कामबाहेक सर्वसाधारण बाहिर जान पाएका छैनन्। 

सरकारले आइतवारदेखि आठ दिन लकडाउनको समय बढाएको छ। यसबेला अरु जस्तै विद्यार्थी नेताको दैनिकी पनि घरभित्रै खुम्चिएको छ। घरमै बस्‍न बाध्य विद्यार्थी नेताहरु यसबेला कसरी समय बिताइरहेका छन् त? हामीले यसबारेमा केही विद्यार्थी नेताहरुसँग कुरा गरेका छौं। 

कसरी बित्दैछ समय? 

सत्तारुढ नेकपासम्वद्ध विद्यार्थी संगठन अनेरास्ववियू (अखिल) का केन्द्रीय सचिव सुदेश पराजुलीले विद्यार्थी आन्दोलनका पुराना दस्तावेज हेर्दै अन्य घरका काम गरेर लकडाउनमा दैनिकी चलाइरहेको बताए। 

‘बिहानदेखि बेलुकासम्म थोरै काम गर्‍यो,’उनले भने,‘परिवारलाई समय दियो। बाँकी समय विद्यार्थी आन्दोलनका दस्तावेज, शिक्षा र ग्रन्थका पुस्तक पढिन्छ।’ 

उनका अनुसार पार्टीबाट कोरोना रोकथामका लागि चेतना दिने, मास्क बाँड्ने काम बाहिर जिल्लामा अहिले काम भइरहेको छ। तर, उपत्यकामा समस्या भएकोले ती काम हुन सकेको छैन। 

‘हाम्रो पार्टीबाट कोरोना रोकथामका लागि स्वयमसेवकको भूमिका निर्वाह गर्नुपर्ने भनेका छौँ', उनले भने, 'तर स्वास्थ्य नै ठूलो भएकाले उपत्यकामा मास्क बाँड्न सडकमा निस्कन सकिएको छैन। प्रहरीले पनि बाहिर निस्किन दिएको छैन।’ 

उनका अनुसार पार्टीका अन्य कार्यकर्ताले बाहिरका जिल्लामा मास्क र स्यानिटाइजर वितरण गरिरहेका छन्। हिजो मात्रै नवलपरासीका गरिब र श्रमिकहरुलाई खाना दिएका थिए। 

अर्को अखिल नेपाल राष्ट्रिय स्वातन्त्र विद्यार्थी युनियनका संयोजक सुमनराज पौड्यालले क्‍वारेनटाइनमा बसेर कोरोना भाइरस रोकथामका लागि फेसबुकबाटै चेतनामूलक सन्देशहरु दिइरहेको बताउँछन।

'सरकारले लकडाउन लगाएपछि घरबाहिर जान पाइएको छैन। आफ्नो स्वास्थ्य सुरक्षाका लागि जानु भएन', उनले भने, 'त्यसैले घरमा बस्ने, नयाँ पुस्तक पढ्ने। बाहिर निस्किन सम्भव नभए पनि फेसबुकबाट नै चेतना दिदै अहिले सम्म दिन वितिरहेको छ।’ 

उनका अनुसार काठमाडौं विश्वविद्यालयमा मास्क र स्यानीटाइजर बनाइन्थ्यो। तर सरकारले कलेज बन्द गराएपछि ती सबै काम रोकिएको उनले जानकारी दिए। 
 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.