अलपत्र परेकाको दुखेसो सुनाउन आएँ : खाती

|
महाकालीमा पौडिएरै नेपाल आइपुगेका इन्द्रसिंह खाती

दार्चुला : महाकाली हामफालेर तीनजना नेपाली दार्चुला पुगेका छन् । नेपाल-भारत जोड्ने दार्चुला सदरमुकामस्थित पुल प्रशासनले नखोल्दा ३ दिनदेखि पारि रहेका तीनजना महाकालीमा हेलिएरै नेपाल आएका हुन्। 

महाकालीमा हेलिएरै नेपाल आइपुग्‍नेमा बैतडीको डिलासैनी गाउँपालिका वडा नम्बर १ का इन्द्रसिंह खाती र धनबहादुर धामी तथा दार्चुलाको मार्मा गाउँपालिका-३ का रमेश विष्ट रहेको जिल्ला प्रहरी कार्यालय दार्चुलाका सूचना अधिकारी सुरेन्द्रप्रशाद जोशीले जानकारी दिएका छन्। 

उनीहरुलाई प्रहरीले नियन्त्रणमा लिएर सोधपुछ गरिरहेको उनले बताए । पुल नखोल्दा एक हजारभन्दा बढी नेपाली भारततिर अलपत्र परेको दुखेसो सुनाउन ज्यान फालेर आएको इन्द्रसिंह खातीले बताए ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.