|

सिन्धुली : बिपी राजमार्गअन्तर्गत सिन्धुलीको कमलामाई नगरपालिका–७ माझीटारमा एम्बुलेन्स दुर्घटना हुँदा ६ जना घाइते भएका छन्। काठमाडौंबाट धनुषातर्फ जाँदै गरेको ज १ च ७७७ नं को एम्बुलेन्स आफैँ अनियन्त्रित भई दुर्घटना भएको हो। दुर्घटनामा धनुषाको सबैला नगरपालिका–४ पटेर्वाका २१  वर्षीया अनिल यादव, २० वर्षीया सन्जु यादव, ३० वर्षीया मदन यादव, २८ वर्षीया श्रीराम यादव, सिराहाको मिर्चेया नगरपालिका –३  राँगेका २५ वर्षीया सुसिला यादव र सोही ठाउँका ३५ वर्षीया सञ्जीवकुमार यादव घाइते भएको सिन्धुलीका प्रहरीनायव उपरीक्षक श्यामबहादुर खत्रीले जानकारी दिए।

धनुषाको सबैला नगरपालिका–४ पटेर्वाका २१  वर्षीया अनिल यादव विरामी भएर काठमाडौंको बयोदा अस्पताल बल्खुमा उपचारपश्चात डिस्चार्ज भई उनीहरु सबै एम्बुलेन्समा घर फर्केका थिए। उनीहरुको टाउको, हात खुट्टा लगाएतका ठाउँमा सामान्य चोक लागेको र अवस्था सामान्य रहेकाले सिन्धुली अस्पतालमा उपचार भइरहेको प्रहरी नायव उपरीक्षक खत्रीले जानकारी दिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.