ज्वरो १०३ डिग्रीभन्दा माथि

|

भद्रपुर : मेची अञ्‍चल अस्पताल भद्रपुरको आइसोलेसन वार्डमा थप एक जना बिरामी भर्ना भएका छन्। योसँगै मेचीको आइसोलेसन वार्डमा तीन जनाको उपचार भइरहेको अस्पताल प्रशासनले जनाएको छ। 

सोमबार दिउँसो झापा गाउँपालिका साबिक कुमरखोद गाविस १ घर भएका १८ वर्षीय एक युवक अस्पतालको सम्पर्कमा आएको अस्पतालका मेसु डाक्टर पीताम्बर ठाकुरले जानकारी दिए। १० दिनअघि भारतको विहार राज्यस्थित बहादुरगञ्‍जमा रहेको हजुरआमाको घरमा एक दिन बसेर ती युवक आफ्नो घर झापा फर्किएका थिए। घर आएदेखि उनलाई ज्वरो र रुघाखोकी आउन थालेपछि अस्पताल आएको हो। 

उनको ज्वरो १०३ डिग्रीभन्दा माथि रहेको डा ठाकुरले बताए। कोरोना भाइरस सङ्क्रमणको आशंकामा उनको थ्रोट स्वाब परीक्षणका लागि मंगलबार बिहान धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाउने अस्पतालले जनाएको छ। 

यसअघि शनिबार बिहान मेचीको आइसोलेसन वार्डमा एकै परिवारका बुबा र छोराको आइसोलेसनमा उपचार भइरहेको छ। दुवै जनाको थ्रोट स्वाबका लागि आज धरान पठाइएको छ। उनीहरूको परीक्षण रिपोर्ट बेलुका वा भोलिसम्म आइपुग्ने अस्पतालले जनाएको छ।  
 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.