|

कञ्चनपुर : कञ्चनपुरमा सवारी पास तथा अनुगमन अनुमति जारी गर्ने कार्य अर्को सूचना जारी नहुँदासम्मका लागि बन्द गरिएको छ।

जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले सोमबार सार्वजनिक सूचना जारी गर्दै सवारी पास तथा अनुगमन अनुमति जारी गर्ने कार्य बन्द गरेको जनाएको हो। जारी सूचनामा विदेशबाट आएका व्यक्तिको विवरण अद्यावधिक गरी स्थानीय तहलाई उपलव्ध गराउन भनिएको छ।

घुम्ती पसलमार्फत अत्यावश्यक वस्तु उपलव्ध गराउन अनुरोध गर्ने, घुम्ती पसलको सूक्ष्म रुपमा घुम्ती पसलको अनुगमन गर्ने कार्यलाई अगाडि बढाएको छ। सीमा नाकाबाट पूर्ण रुपमा आवागमन रोक्न थप सुरक्षा बल पठाइएको सूचनामा जनाइएको छ।

जिल्ला प्रशासन कार्यालयमा जारी हटलाइन नम्बरमा आएका ४३ वटा गुनासोको जवाफ दिई समस्या समाधान गरिएको सूचनामा उल्लेख गरिएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.