|

काठमाडौं : इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुलाई पनि कोरोना भाइरस संक्रमण भएको छ। स्वास्थ्य परीक्षणमा कोरोना भाइरस पोजेटिभ देखिएपछि उनी सेल्फ आइसोलेसनमा गएका छन्। 

सोमबार आएको स्वास्थ्य परीक्षणको रिपोर्टमा प्रधानमन्त्री नेतन्याहु कोरोना संक्रमित भएको खुलेको थियो। अधिकारीहरुले ७० वर्षीय प्रधानमन्त्री नेतन्याहुलाई कोरोना भएको पुष्टि गरेका छन्। 

नेतन्याहुको मंगलबार अर्को चरणको स्वास्थ्य परीक्षण हुँदैछ। गत मार्च १५ गरिएको स्वास्थ्य परीक्षणमा उनमा कोरोना भाइरस नेगेटिभ देखिएको छ। 

इजरालयको स्वास्थ्य मन्त्रालयले त्यहाँ कोरोना भाइरस संक्रमण देखिएका र आशंकितलाई १४ सेल्फ आइसोलेसनमा जानुपर्ने बाध्यकारी नियम बनाएको छ। प्रधानमन्त्री नेतन्याहुले पनि अबको १५ दिनसम्म सेल्फ आइसोलेसनमा बस्‍नु पर्ने भएको छ। 

इजरायली सञ्चारमाध्यमका अनुसार प्रधानमन्त्री नेतन्याहु गत साता संसद सत्रको बैठकमा उपस्थित भएका थिए। त्यो बैठकमा कोरोना भाइरसको संकटसँग जुध्न प्रतिपक्षीहरुले मिलिजुली सरकारको प्रस्ताव गरेका थिए।

इजरायली अधिकारीहरुले प्रधानमन्त्री नेतन्याहु जनसम्पर्कमा नरहेको अवस्थामा पनि कोरोना भाइरस संक्रमण भएकोमा आश्‍चर्य प्रकट गरेका छन्। बिरामीहरुलाई पनि नभेटेको अवस्थामा उनलाई कोरोना भएपछि कम्तीमा दुई साता सेल्फ आइसोलेसनमा जानुपरेको हो। 

प्रधानमन्त्रीलाई कोरोना भएपछि उनका सबैजना निजी सहयोगी र कर्मचारीले पनि सेल्फ आइसोलेसनमा जानु पर्ने भएको छ। यो रोग सरेकोबारेमा अनुसन्धान पूरा नहुन्जेल प्रधानमन्त्री र उनका निजी सहयोगीले अब कसैलाई सम्पर्क गर्न पाउने छैनन्। 

इजरायलमा अहिलेसम्म ४ हजार ३४७ कोरोना संक्रमित भेटिएका छन्। जसमा १६ जना संक्रमितले त ज्यान गुमाइसकेका छन्। त्यहाँको स्वास्थ्य मन्त्रालयले मर्नेको संख्या कयौँ हजार पुग्ने चेतावनी दिएको छ। उनले देशलाई लकडाउनमा लैजानबारेमा पनि छलफल गरिरहेका छन्। अब उनले मन्त्रिपरिषद् र अन्य बैठक भिडियो कलबाट गर्नेछन्। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.