|

बैतडी : पौडी खेल्ने क्रममा महाकाली नदीमा बगेर बेपत्ता भएका बैतडीका एक युवक ६ दिनपछि मंगलबार मृत अवस्थामा फेला परेका छन्। बिहीबार दशरथचन्द नगरपालिका १० का २२ वर्षीय सौरभ चन्द नन्तडी भन्ने स्थानबाट पौडी खेल्ने क्रममा बेपत्ता भएका थिए। 

साथीहरुसँग पिकनिक गएका बेला महाकाली नदीमा पौडी खेल्दा बगेर बेपत्ता भएका हुन। सौरभको शव बगेको स्थानभन्दा ३ किलोमिटर तल तडीगाउँ भन्ने स्थानमा फेला परेको स्थानीय उत्तम चन्दले जानकारी दिए। 

भारतीय नागरिक दीपक चन्दले माछा मार्ने क्रममा जालमा सौरभको शव फेला परेको बताए। यसअघि बेपत्ता सौरभको खोजीका लागि नेपाल प्रहरी र सशस्त्र प्रहरी पनि परिचालन गरिएको थियो। 
 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.