|

पर्वत : कोरोना भाइरस आंशका गरिएकी पर्वतकी महिलाको रिपोर्ट नेगेटिभ आएको छ। जिल्ला अस्पताल पर्वतका निमित्त मेडिकल सुपरिटेन्डेन्ट शिशिर देवकोटा अनुसार जिल्लाको बिहादी गाउँपालिका १ घर भएकी ३० वर्षीया महिलामा १ सय ३ डिग्रीसम्मको उच्च ज्वरो आएको थियो। तर उनमा कोरोना संक्रमण नभएको देवकोटाले पुष्टि गरे। 

‘ज्वरो नघटेको कारण हामीले कोरोना संक्रमण भएको हुन सक्ने आशंकामा आइसोलेसनमा राखेका थियौँ,’ डा देवकोटाले भने, ‘यो पर्वतबाट पठाइएको दास्रो दोस्रो नमुना हो, यो पनि नेगेटिभ आएको छ। 

ती महिलालाई उच्च ज्वरो आएपछि स्वास्थ्य परीक्षण गर्दा रुघाखोकी पनि रहेको पाइएपछि कोरोना संक्रमणको शंका भएपछि गत शुक्रबार पर्वत सदरमुकाममा रहेको गुप्तेश्वर बहूमुखी क्याम्पसमा निर्माण गरिएको अस्थायी कोरोना अस्पतालको आइसोलेसनमा राखिएको थियो। 

उनका श्रीमान् वैदेशिक रोजगारीबाट हालसालै गाउँमा फर्किएका कारण पनि श्रीमानको माध्यमबाट उनमा संक्रमण भएको हुन सक्ने ठानिएको थियो।  यद्यपि श्रीमानमा भने रुघाखोकी, ज्वरोलगायत कुनै पनि स्वास्थ्य समस्या देखिएको छैन। 

डा देवकोटा भन्छन्, ‘श्रीमानमा त कुनै पनि लक्षण देखिएको छैन। महिलामा केही शंका थियो, अब ढुक्क भएको छ।’ यसअघि बागलुङको कुँडुले घर भई पर्वतकै अस्थायी कोरोना अस्पतालको आइसोलेसनमा राखिएका ३३ वर्षीय युवाको रिपोर्ट पनि नेगेटिभ आएको थियो। 

काठमाडौँ घर भई कतार एयरवेजको उडानबाट नेपाल आएकी १९ बर्सिया युवतीसँगै डेनमार्कबाट नेपाल आएका ती युवामा पनि कोरोना संक्रमण नभएको पाइएको थियो। उनी अस्पतालबाट डिस्चार्ज भइसकेका छन्।

डा। देवकोटाका अनुसार पर्वतबाट अब तीन युवाहरूको स्वाब परीक्षणको लागि काठमाडौँ पठाउन लागिएको छ। विदेशबाट फर्किएका तथा संक्रमितहरुसँगै एउटै जहाजमा यात्रा गरेका जिल्लाकै जलजला गाउँपालिकाका तीन जना युवाहरूलाई सोमबारबाट आईसोलेसनमा राखिएको छ। 

फ्रान्सबाट नेपाल आएकी कोरोना सङ्क्रमित युवतीसँग यात्रा गरेका व्यक्ति पर्वतमै रहनु र भारतबाट श्रीमान् आएपछि उच्च ज्वरो आएकी महिलाका कारण पर्वतमा कोरोनाको संक्रमण भएको हुन सक्ने भन्दै त्रास निकै बढेको थियो। त्यसमा पनि छिमेकी जिल्ला बागलुङकी युवतीमा कोरोना संक्रमण पुष्टि भएपछि पर्वतका नागरिकहरू निकै हताश मनस्थितिमा रहेको पाइएको थियो। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.