|

कञ्चनपुर : कञ्चनपुरको बेलौरी नगरपालिकाले कोरोनाका शंकास्पद बिरामी र संक्रमित भएकाहरुका लागि अस्पताल आवतजावतका लागि निःशुल्क एम्बुलेन्सको व्यवस्था गरेको छ।

लकडाउन अवधिभर कोरोना संक्रमण रोकथामा खटिने स्वास्थ्य संस्थाका कर्मचारीलाई एम्बुलेन्स प्रयोगको शुल्कमा ५० प्रतिशत छुट दिइने र संक्रमितहरुलाई संक्रमण अवधिभर निशुल्क एम्बुलेन्स उपलब्ध गराउने नगर प्रमुख पोतिलाल चौधरीले बताए।

साथै क्वारेन्टाइन÷आइसोलेसनमा खटिने कर्मचारीलाई खाइपाई आएको तलबको सय प्रतिशत प्रोत्साहन भत्ता दिने निर्णयसमेत गरिएको प्रमुख चौधरीले बताए। कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि आवश्यक बजेट चालु शीर्षकको उपशीर्षकबाट रकमान्तर गर्ने र कार्यरत स्वास्थ्यकर्मी अपुग हुने भएकाले स्वीकृत बजेटको परिधिभित्र रही आवश्यकताअनुसार सम्झौता गरी कामकाजमा लगाउने निर्णयसमेत गरिएको छ। 

 नगरपालिकाले कोरोना भाइरस संक्रमणका शंकास्पद बिरामीहरुलाई राख्न ५ बेडको आइसोलेसन कक्ष र ४५ बेडको क्वारेन्टाइन कक्ष स्थापना गरेको छ। नगरपालिकाको नवनिर्मित भवनमा आइसोलेसन र क्वारेन्टाइन कक्ष स्थापना गरेको छ। शंकास्पद बिरामी देखापरे क्वारेन्टाइनमा राखेर निगरानी बढाइने र कोरोनाका लक्षण देखिए आइसोलेसनका राखेर उपचार गरिने उनले बताए।
 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.