|

काठमाडौं : कोरोना भाइरस फैलिन नदिन सरकारले गरेको लकडाउन चैत २५ गतेसम्म जारी छ। यसबीचमा काठमाडौं उपत्यकासहित देशका प्रमुख सहरमा मानिसहरु घरमा थुनिएका छन्। 

कृषिप्रधान देश भएकाले धेरै कृषकहरु अहिले खेतीपातीमा व्यस्त छन्। पहाडका जिल्लामा मकै छर्न भ्याइनभ्याइ छ। यस्तोमा गाउँका किसानहरु घरबाटै निस्कन नपाइने अफवाह फैलिरहेका बेला स्वास्थ्य मन्त्रालयले त्यसको खण्डन गरेको छ।

स्वास्थ्यमन्त्रीका स्वास्थ्य सल्लाहाकार डाक्टर खेम कार्कीले कोरोना संक्रमणबाट बच्चका लागि लकडाउन गरिएको समयमा खेतीपाती गर्ने कि नगर्ने भन्‍ने द्विविधाका कुरा आएको उल्लेख गरे। 

'सामाजिक दुरी कायम गरेर खेतीपाती, घाँसपात र गाईवस्तु चराउन मिल्छ', उनले भने, 'तर एकअर्काको नजिक नभइ काम गर्नु होला, कोरोना एकअर्काबीच नजिक हुँदा सर्ने भएकाले त्यसमा ख्याल गरिदिनु भए पुग्छ।'

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.