|

काठमाडौं : सरकारले कोरोना भाइरसको संक्रमण फैलन नदिन तीन रणनीति अघि बढाएको छ। पहिलो अनिवार्य क्वारेन्टाइनको कार्यान्वयन, दोस्रो नमुना परीक्षणको दायरा बढाउने र तेस्रो रणनीतिमा अस्पतालको तयारी र व्‍यवस्थापन रहेको छ। 

अहिलेसम्म नेपालमा विदेशबाट आएकाहरूमा मात्र कोरोना संक्रमण पुष्टि भएकाले अबको रणनीति संक्रमण थप फैलन नदिने नै रहेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले बताए।

मंगलबार मन्त्रालयमा आयोजित नियमित पत्रकार सम्मेलनमा उनले भने, अहिले बाहिरबाट आएकाहरूबाट अन्य व्यक्तिमा संक्रमण नहोस् भन्‍ने हो, त्यस्ता व्यक्ति जो शंकास्पद छन्, उनीलाई क्वारेन्टाइनमा राखेर नमुना परीक्षण गर्छौं र अस्पतालमा फिबर क्लिनिक, आइसियु, व्‍यक्तिगत सुरक्षा सामग्री लगायतको जोहो गर्छौं।’ 

उनले यसअघि पाटन र वीर अस्पतालमा मृत्यु भएकाहरूको नमुना परीक्षण नेगेटिभ आएको पुष्टि गरे। ‘यतिबेला ज्वरो भन्नेबित्तिकै कोरोनानै हो कि भन्‍ने जस्तो गरी कुराहरू आएका छन्, उनले थपे, कोरोनाको संक्रमणबाहेक अन्य रोगमा पनि ज्वरो आउँछ, ज्वरो भन्नेबित्तिकै डराउने प्रवृत्ति रोकौं।’ प्रवक्ता देवकोटाले सबै अस्पताललाई आकस्मिक (इमरजेन्सी) सेवा नरोक्न पनि आग्रह दोहोर्‍याए।

प्रवक्ता देवकोटाले कोरोनाको नमुना परीक्षणका लागि चीनबाट ल्याइएको पाँचवटा पिसिआर मेसिन धनगढी, जनकपुर, बुटवल र सुर्खेतमा  पठाइएको पनि जानकारी दिए। उनका अनुसार हेटौँडामा भएकै मेसिनलाई पुनः प्रयोगमा ल्याउने तयारी छ। उनले अन्य केही ठाउँमा पनि चरणबद्ध रूपमा प्रयोगशाला विस्तार गर्ने योजना रहेको सुनाए। 

कार्यक्रममा स्वास्थ्य विज्ञ सल्लाहकार डाक्टर खेम कार्कीले अहिले 'र्‍यापिट टेष्ट किट' प्रयोगको हल्ला आइरहेको भन्दै विश्व स्वास्थ्य संगठन र स्वास्थ्य मन्त्रालयले अनुमति नदिएकोले प्रयोग नगर्न आग्रह गरे।  

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.