म्याग्दी : बेनी नगरपालिका–६, गुफाबाट एकजना चिनियाँ नागरिकलाई मंगलबार (आज) उद्धार गरिएको छ।
करिब दुई महिना अगाडि भिजिट भिषामा नेपालमा आएका चिनियाँ नागरिकलाई बेनपा-५ पुलाचौरको धार्मिकस्थल पौल्स्त्य आश्रममबाट फर्किने क्रममा अर्थुङे सामुदायिक युवा क्लबले उद्धार गरेको क्लवका अध्यक्ष नारायण पौडेलले जानकारी दिए।
‘गाउँमा अपरिचित ब्यक्ति प्रवेशको खबरलगत्तै खोजीकार्यमा पुगेका थियौं’, उनले भने, ‘हामीले उहाँलाई सम्मानपूर्वक प्रहरीको जिम्मा लगाएका छौँ।’
उनले चीनका पर्यटकबाट गाउँमा संक्रमण फैलिन सक्ने सम्भावनालाई ख्याल गरेर प्रहरीको जिम्मा लगाइएको बताए। पौलस्त्य आश्रमममा एक विदेशी रहेको जानकारी पाएपछि गाउँले समेत त्रसित भएका थिए।
कोरोना भाइरस (कोभिड-१९) संक्रमणको जोखिमलाई मध्यनजर गरेर क्लबले लकडाउनको समयावधीभर अन्य गाउँबाट आउनेलाई प्रवेश निषेध गरिएको छ ।
सावधानी र सतर्कता अपनाउन र लकडाउनको पूर्णरुपमा पालना गर्नसमेत क्लबले सबैलाई आग्रह गरेको छ। यस अगाडी म्याग्दीकै रघुगंगा गाउँपालिका–१ बेगखोलाबाट पनि दुईजना चिनियाँ पर्यटकको उद्दार गरिएको थियो ।
तपाईंको ईमेल गोप्य राखिनेछ ।