|

दैलेख: कोरोना भाइरस कोभिड १९ को संक्रमण फैलन नदिन जिल्लाका विभिन्‍न स्थानीय तहमा विदेशबाट आएका २ सय ३६ जनालाई क्‍वारेन्टाइनमा राखिएको छ।

महाबु गाउँपालिकामा २१ जना चामुण्डा बिन्द्रासैनी नगरपालिकामा १ सय १३ जना दुल्लु नगरपालिकामा २० जना आठबिस नगरपालिकामा ८२ जना गरि २ सय ३६ जनालाई क्‍वारेन्टाईनमा राखिएका दैलेखका सहायक प्रमुख जिल्ला अधिकारी इन्द्र बहादुर क्षत्रीले जानकारी दिएका छन्।  

सहायक सिडिओ क्षत्रीका अनुसार जिल्लामा १ हजार २ सय २० जना भारतलगायत मुलुकबाट जिल्ला भित्रिएका र अहिलेसम्म १५ हजार ६ सय १४ जनाको स्वास्थ्य परीक्षण गरिएको बताए। 

दुई जनाको स्वाब परीक्षणका लागि काठमाडौं पठाइएकोमा रिर्पोट नेगेटिभ आएको र उनीहरुलाई घर पठाइएको छ। जिल्लामा हालसम्म कारोनाविरुद्ध जुध्‍न ७ सय ९ वेड क्‍वारेन्टाइन ७४ आइसोलेसन बेड तयारी अवस्थामा राखिएको छ।

स्थानीय स्तरमा कोही कोरोनाका शंकास्पद बिरामी फेला परेको खण्डमा उपचारका लागि पठाउन निःशुल्क एम्बुलेन्स सेवा दिन पालिकाहरुले एम्बुलेन्स तयारी अवस्थामा राखेको बताएका छन्  

कुन तहमा कति क्‍वारेन्टाइन छन् ?

आठबिस नगरपालिकामा १९८
महाबु गाउँपालिकामा ३०
नौमुले गाउँपालिकामा ८
चामुण्डा बिन्द्रासैनी नगरपालिकामा ११३
भगवतिमाई गाउँपालिकामा १५
भैरवी गाउँपालिकामा २०
नारायण नगरपालिकामा ४७
गुराँस गाउँपालिकामा ५८
दुल्लु नगरपालिकामा १९०
ठाटिकाँध गाउँपालिकामा निर्माण गरिएका क्‍वारेन्टाइनको विवरण आइनसकेको प्रशासनले जनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.