|

कञ्चनपुर : कञ्चनपुरमा भाडामा घरमा बस्दै आएका व्यक्तिलाई निकाल्न नपाइने भएको छ। घर भाडामा बस्ने कुनै व्यक्ति वा परिवारलाई आदेश अवधिभर भाडामा बसेको घर बाट निकाल्न नपाइने कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी नुरहरी खतिवडाले बताए।

भाडामा बसेको घरबाट निकाल्न वा निष्कन दवाव दिन नपाइने उनले बताए। यसैबीच जिल्ला प्रशासन कार्यालयले जिल्लाका स्थानीय तहमा कार्यरत कोरोना भाइरस ( कोभिड १९) सम्बन्धी फोकल पसर्नको नामावली जारी गरेको छ।

महाकाली अस्पतालमा मेसु हरिकुमार श्रेष्ठ, भीमदत्त नगरपालिकामा नरेन्द्रराज जोशी, महाकाली नगरपालिकामा जयबहादु महरा, बेदकोटमा हरिश पाल, शुक्लाफाँटामा परमानन्द भट्ट, कृष्णपुरमा नन्दलाल बोहरा, पुर्नवासमा रामबहादुर धामी, बेलौरीमा मानबहादुर चन्द, लालझाडीमा उमेश शाहु र बेलडाँडीमा माधवानन्द भट्ट फोकल पर्सनका रुपमा रहेका छन्।

कोरोना भाइरससम्बन्धी मनोपरामर्श तथा स्वास्थ्य समस्याका बारेमा सूचना लिन सक्ने गरी फोकल पर्सनहरूका मोवाइल नम्बर समेत जारी गरिएको छ।  
 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.