|

काठमाडाैं : नेपाल बैंक लिमिटेडले कोरोना भाइरस संक्रमण रोकथामका लागि प्रदेशसँगको हातेमालोअन्तर्गत प्रत्येक प्रदेशलाई पाँच लाखको दरले सहयोग गर्ने निर्णय गरेको छ।

जसअन्तर्गत बागमती प्रदेशकाे नाममा उक्त रकम जम्मा गरिसकिएकाे बैंकले जनाएकाे छ। बाँकी प्रदेशलाई पनि यस सहयाेग रकम दिइँदै जाने ब‌ैंकका सहायक प्रमुख कार्यकारी अधिकृत प्रकाशकुमार अधिकारले बताए।

यसअघि संघीय सरकारले खडा गरेको कोरोना रोकथाम उपचार कोषमा एक करोड रुपैयाँ सहयोग गरिसकेको अधिकारीले जानकारी दिएका छन्। बैंकले यो सहयोग प्रदेश सरकारसँग हातेमालो गर्न संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत दिइएको जनाएको छ। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.