|

नयाँ दिल्ली : भारतको राष्ट्रपति भवनमा शुक्रबार आगलागी भएको छ। सरकारी उच्च अधिकारीहरुले आगलागीबाट कुनै मानविय क्षति नभएको बताएका छन्।

स्थानीय समयअनुसार बिहान ८:४० मा लेखा शाखाबाट आगलागी सुरु भएको थियो। आगलागीका कारण टेबल, कुर्सीसहित केही फर्निचर जलेको भारतीय अधिकारीहरुले जानकारी दिएका छन्। 

विद्युत् आपूर्तिमा भएको गडबडीका कारण आगलागी भएको हुन सक्ने प्रारम्भिक अनुमान रहेको छ। बेलायतले भारतमा शासन गरेको बेला बनाइएको सो भवनमा ३०० कोठा रहेका छन्। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.