|

बर्दिया : कोरोना भाइरसको जोखिमबाट जोगिन बर्दियामा कीटनाशक छर्किन सुरु गरिएको छ। मंगलबारदेखि ठाकुरबाबा नगरपालिकामा कीटनाशक छर्किन सुरु गरिएको हो। यसअघि गुलरिया, राजापुरल नगरपालिकाहरुमा छर्किसकिएको छ। 

निमार्ण व्यवसायी संघ बर्दिया आर्थिक तथा प्राविधिक सहयोग, निर्माण व्यवसायी संघ उपसमिति ठाकुरबाबा र ठाकुरबाबा नगरपालिकाको समन्वयमा नगर क्षेत्रमा कीटनाशक छर्किन थालिएका हो। नगरका मुख्य बजार क्षेत्र भुरिगाउँ, बग्नाहा, शाहीपुर, शिवपुर र ठाकुरद्वारामा छर्किने बताइएको छ।
 
यसैगरी गाउँका मुख्यमुख्य चोक, मुख्य सडक, विद्यालय र क्वारेन्टाइन स्थापना गरिएको क्षेत्र कीटनाशक छर्किने निमार्ण व्यवसायी संघ बर्दियाका उपाध्यक्ष विजय शाहले जानकारी दिए। संघमा आवद्ध व्यक्तिहरुबाट संकलन भएको रकमबाट नगरमा कीटनाशक छर्किन लागिएको उपाध्यक्ष शाहले बताए। 

ठाकुरबाबा नगरपालिकामा कीटनाशक छर्किने काम सकिएलगत्तै मधुवन, बारबर्दिया, बासगढीलगायत पालिकामा पनि छर्किने बताइएको छ। कीटनाशक छर्किए पनि यस्तो संक्रमणको बेलामा नगरबासीहरु घरमै बसेर सुरक्षित रहन नगरप्रमुख घननारायण श्रेष्ठले आग्रह गरेका छन्। बर्दियामा पुनः एक साता निषेधाज्ञा जारी गरिएसँगै बर्दिया जिल्ला सुनसान बनेको छ। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.