|

काठमाडौं : कोरोना संक्रमण फैलन नदिन कार्यान्वयन भइरहेको 'लकडाउन'का कारण यतिखेर जनजीवन प्रभावित बनेको छ। मानिसहरू प्राय: घरभित्रै सीमित भएका छन्‌ भने बाहिरफेर गर्ने काममा जुट्न सकेका छैनन्‌।

तर यो 'लकडाउन'ले काठमाडौंकै चुनिखेलवासीलाई पनि त्यति प्रभावित पार्न सकेको छैन। चुनिखेल बुढानिलकण्ठ नगरपालिकामा पर्ने राजधानीकै ग्रामीणमध्येको एक बस्ती हो।

चुनिखेलवासीको दिनचर्या नियाल्न पुग्दा त्यहाँ साविक अवस्थामै झैं मानिसहरू आ-आफ्नो काम र जमघटमा रमाइरहेको भेटियो। कोरोना सजगताका लागि लगाइएको लकडाउनले नबिथोलेको यहाँको जनजीवन हेर्दा लाग्छ : कि त सरकारले यस क्षेत्रमा कडाई गरेको छैन, या त जानकारी पाएरै वा नपाएर मानिसहरूले सजगता अपनाइरहेका छैनन्‌। 

चोक-चोकमा भेला हुने र हुल बाँधेर गफ गर्ने, घाम ताप्ने, आवतजावत गर्नेजस्ता क्रियाकलाप चुनिखेल क्षेत्रमा 'लकडाउन' अघिको जस्तै देखिन्छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.