|

बाँके : जिल्ला प्रहरी कार्यालय, बाँकेले २१ जना थुनुवालाई छाडेको छ। थुनुवा कोठामा भीडभाड कम गर्न सामान्य मुद्दा चलेका २१ जनालाई छोडिएको बाँकेका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक शिवबहादुर सिंहले बताए।

भिडभाडमा बस्दा कोरोना भाइरसको जोखिम बढ्ने भएकोले सामान्य मुद्‍दा चलेकालाई पुनः हाजिर हुनेगरी जमानीमा छाडिएको उनले बताए। प्रहरीको हिरासतमा अझै २८ जना थुनुवा छन्। ती जघन्य अपराधका हुन्। 

महान्याधिवक्ताको कार्यालयको निर्देशनअनुसार जघन्य अपराधका थुनुवालाई नछोडेको सिंहले बताए। ‘भिडभाड कम गर्न छोड्न मिल्ने जतिलाई छोड्यौँ, बाँकीलाई छोड्न मिल्दैन,’ उनले भने।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.