|

आधुनिक युगमा पनि विपत्तीहरु निकै स्थिर देखिने गरेका छन्। सबैले कोरोना भाइरस झैं हरेक विपत्तीहरुले महामारीको रुप लिँदैनन्। 

महामारीको यो परिदृश्यले विश्वमा 'एन्टोनाइन प्लेग'देखि अहिलेको 'कोभिड–१९' सम्मका घातक महामारीहरुलाई चित्रण गरेको छ।

महामारीको इतिहास 

जब मानिसहरु संसारभर फैलन थाले, तब संक्रामक रोगहरु पनि उत्पन्न हुन थाले। रोग र बिरामीपनाले शुरुको समयदेखि नै मानव इतिहास पिरोलिइरहेको छ।

ठ्याक्कै यही समयदेखि नै संक्रमणको शुरुवात भयो भनी चिनो लगाउन त सकिँदैन, तर मानिसहरु कृषिकर्ममा संलग्न भएयता यस्ता संक्रमण र यस्ता रोगहरु फैलिने क्रम नाटकीय दरमा बृद्धि भइरहेको अनुमान गरिन्छ। 


तस्बिर : Visual Capitalist

व्यापक मात्राको व्यापार–व्यवसायका कारण मानिस र जनावरहरुबीच नजिकिने अवसरहरु सृजना भए। त्यही अन्तरक्रियाले अहिले देखिएजस्ता महामारी निम्तिन थाले। औलो, क्षयरोग, कुष्ठरोग, एन्फ्लुएन्जा र चेचकलगायतका सरुवा रोगहरु मानव र पशुबीचको अन्तरसम्बन्ध शुरु भएको बेला देखि नै देखिन थालेका हुन्। 

अति विकसित भनिएका मानिसहरु ठूला शहरमा बस्न थाले। विदेशका व्यापार मार्ग धाउन थाले । मानिसहरुको फरक–फरक जमातसँग सम्पर्कमा आउन थाले।अर्को स्थानका फरक प्रजातिका जनावरहरु र पारिस्थितिक प्रणालीहरुमा घुलमिल हुन थाले। यसरी मानवीय गतिविधि व्यापक हुँदै जाँदा डरलाग्दा महामारीहरु निम्तिए।


यो तालिकामा लामो समयसम्म रहेका केही महामारीको विवरण उल्लेख छ। मानवीय हताहतिको संख्या प्राप्त अनुसन्धान विवरणहरुका आधारमा अनुमान गरिएको हो। प्राप्त नयाँ प्रमाणहरु केलाउँदा प्लेगजस्ता महामारीमा ज्यान गुमाएकाको संख्या छलफलको विषय बन्न सक्छ। 

समयक्रममा उत्पन्न भएका रोग र महामारीहरुका वावजुद एकखालको संगति यस्तो देखिन्छ कि त्यसले निकै लामो समयसम्म हामीलाई दुःख दिने गरेको छ। तर मृत्युदरमा भने क्रमशः कमी आउने गरेको छ।

स्वास्थ्यसेवामा सुधार तथा मानिसहरुमा विकास हुँदै गएको सुझबुझका कारण त्यस्ता पक्षहरु पनि विकास भएका छन् : जसले महामारीको प्रभावलाई कम गर्न शक्तिशाली आधारहरु तय भएको छ। 

तथाकथित दैवी क्रोध

प्राचिनकालका धेरै समुदायमा बस्ने मानिसहरुमा आत्मा र देवताहरु क्रोधित भएपछि यस्ता रोग र महामारी उत्पन्न हुने विश्वास थियो। यस्ता अवैज्ञानिक धारणाहरुकै कारण त्यतिखेर महामारीले भयानक रुप लिने र हजारौं मानिसहरुको ज्यान जाने गर्दथे। 

'जस्टियिनन प्लेग'कै मामिलामा विश्लेषण गर्दा यो भाइरस चीन र उत्तरपूर्वी भारतबाट उत्पन्न भएको देखिन्छ। जमिन र सामुद्रिक मार्गहरुबाट यो भाइरस  भूमध्यसागरीय बन्दरगाहसम्म फैलियो र विश्वभर विनाश मच्चायो ।

के भनिन्छ भने यो विपत्तीले शासक जस्टिनियनलाई दानव या देवताको श्राप लागेको व्यक्तिका रुपमा चित्रित गर्यो। यो महामारीकै समयमा यी रोमन शासकले उनले पूर्वी र पश्चिमी साम्राज्यका अवशेषहरुलाई एकत्रित गर्ने प्रयास गरे। यो समयलाई नै इतिहासको कालो युगको सुरुवात मान्ने गरिएको छ। 

संयोगवश, मानिसहरुले रोगहरुको कारण र समाधानको उपाय पत्ता लगाए। केही धिमा र अपूर्ण गतिमै भएपनि आधुनिक समयमा देखिइने महामारीहरुलाई नाटकीय रुपमा नियन्त्रण गर्न मानिस सक्षम भयो। 

आयातित रोगहरु 

रोगबाट बच्न या संक्रमण भएपछि आफू अलग्गै बस्ने अभ्यास (क्वारेन्टाइन)को शुरुवात १४औं शताब्दीबाट शुरु भएको मानिन्छ। तटीय शहरहरुलाई प्लेगजस्ता महामारीबाट बचाउन यस्तो उपाय अवलम्बन गरियो। भेनिस र अन्य ठाउँबाट आएका पानीजहाजहरुलाई ४० दिनसम्म तोकिएको निश्चित क्षेत्रमा बस्नुपर्ने नियम लागु भयो। 

बेलायतमा कोलेरा अर्थात हैजाको विपत्ती आएपछि १९औं शताब्दीमा पनि यस्तो आग्रह गरियो। सन् १८५४ मा डा. जोन स्नोले दुषित पानीका कारण कोलेरा भाइरस उत्पन्न भएको र यसमा छिमेकीहरुको नैतिकताले काम गरेको निश्कर्ष निकाले। एक निश्चित क्षेत्रमा मानिसहरुले प्रयोग गर्ने चापाकलको पानीबाट पनि यस्तो संक्रमण फैलने गरेको पाइयो। 

व्यापार र शहरी जीवनले मानिसहरुबीचको अन्तरक्रिया बृद्धिमा महत्वपूर्ण भूमीका खेल्यो। विभिन्न संक्रमण जीवाणु रहेका प्रचण्ड प्रकृतिसँग नजिक रहँदा पनि महामारीहरुले उग्ररुप लिए। 

संक्रमणमाथि राखिएको नजर 

वैज्ञानिकहरुले संक्रामकतालाई नाप्ने आधारभुत मापनहरु तयार गरे र त्यसैअनुसार महामारीको प्रवृत्तिलाई नाप्न थाले। यसलाई जीवाणुहरुको प्रजनन संख्या अर्थात आरओ भनियो। यो संख्याले संक्रमित मानिसहरु कसरी र कुन मात्रामा लड्न सक्छन् भन्ने देखाउँछ। 

धेरै मानिसहरुले जीवाणुलाई परास्त गर्न सक्ने र जटिल स्थितिमा रोकथाम गर्न खोप आवश्यक देखिन्छ। तर अहिले फैलिइरहेको कोभिड–१९ को वास्तविक असरलाई हिसाब र प्रक्षेपण गर्न भने मुस्किल नै छ। महामारी निरन्तर फैलिएको छ र अनुसन्धानकर्ताहरु पनि नयाँ प्रकृतिको यो जिवाणुबारे अध्ययनकै क्रममा छन्।

शहरीकरण र रोगको फैलावट

महामारीका लागि विश्वव्यापी सम्पर्क र अन्तरक्रियाले प्रेरक शक्तिका रुपमा काम गरिरहेको छ।

ढुंगेयुगमा शिकार र संकलन गर्ने साना आदिवासी समूहदेखि महानगरको विकास हुँदै यो चरणसम्म आइपुग्दा मानिसहरु विश्वासिला देखिएका त छन्। तर अर्कातर्फ रोगहरु फैलने र जाग्ने अवसरहरु पनि यही विकसित भनिएको मानवीय गतिविधिले पैदा गरिरहेको छ। 

विकासोन्मुख विश्वमा फैलिइरहेको शहरीकरणले ग्रामीण बसोबासलाई घना छिमेकीपनामा बदलिदिएको छ। एक निश्चित स्थानमा मानिसहरुको अत्यधिक चापले वातावरणमाथि निकै ठूलो दबाब परिरहेको छ। हवाई यात्राकै अवस्थालाई हेर्दा अघिल्लो दशकभन्दा यो दशकमा यसको दबाब दोब्बरले बढेको छ। ठूलो आकारमा फैलिरहेको यो प्रवृत्तिले संक्रामक रोगहरु फैलने क्रम झनै गहन बन्दै गएको देखिन्छ। 

संसारभरका सरकार र संस्थाहरुले संक्रमणको दर फैलन नदिन सामाजिक दूरीलाई सन्तुलनमा राख्न आग्रह गरिरहेका छन्। डिजिटल दुनियाँले यस्तो सम्पर्क र व्यापारलाई सन्तलनमा राख्न चाहिँ मद्दत गरेकै छ।

(यो सामग्री www.weforum.org बाट अनुवाद र सम्पादन गरिएको हो।)

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.