आज साँझ मात्रै २६० अष्ट्रेलियन नागरिक स्वदेश फर्कंदै

|

काठमाडौ : विश्‍वव्यापी महामारीको रुप लिएको कोरोना भाइरसको त्रास बढेपछि नेपाल सरकारले 'लकडाउन' गरेको छ। चैत ११ गतेदेखि मुलुक ठप्पप्राय छ। यसको प्रत्यक्ष-अप्रत्यक्ष र ठूलो असर हवाई उडान क्षेत्रमा परेको छ।

मुलुकमा बन्दाबन्दी (लकडाउन) घोषणा गरेयता नेपाल आउने र बाहिरिने १० वटा अन्तर्राष्ट्रिय उडान भएका छन्। बुधबार नेपाल वायु सेव निगमको अष्ट्रेलियाका लागि जहाज जाने भएको छ। साँझ ५:३० बजे २ सय ६० भन्दा बढी अष्ट्रेलियन नागरिक लिएर उक्त जहाजले उडान भर्ने नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको छ।

बन्दाबन्दीपछि तीन विदेशी वायुसेवा र एक राष्ट्रिय ध्वाजावाहकसहित ११ वडा विमानले उडान भरिसकेको नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता राजकुमार क्षेत्रीले बताए।

उनका अनुसार बन्दाबन्दी भएपछि कतार एयरवेजले ६ वटा, नेपाल वायुसेवा निगमले चारवटा, कोरियन र इत्तिहाद एयरले १-१ वटा उडान अनुमति लिएका छन्।

बाँकी चार्टर अनुमति लिएका विदेशी वायुसेवाले पनि उडान गरिसकेको प्राधिकरणका प्रवक्ता राजकुमार क्षेत्रीले जानकारी दिए।

सामान्य अवस्थामा प्राधिकरण आफैंले चार्टर र उद्दार उडानको अनुमति दिने गर्छ। अहिले बन्दाबन्दीको समयमा परराष्ट्र मन्त्रालयमार्फत अनुमति माग्नुपर्ने उनले जानकारी दिए। प्राधिकरणपछि विमानस्थलका विभिन्‍न निकायलाई जानकारी दिने गराइन्छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.