|

पोखरा :  कोरोना भाइरस (कोभिड १९) को संक्रमणमा परेकी बागलुङकी युवतीको परिवारका चार जना सदस्यको रिपोर्ट नेगेटिभ आएको छ। 

युवतीलाई कोरोना संक्रमण भएको पुष्टी भएपछि उनका परिवारका सदस्यहरुको स्वाबको नमूना परीक्षणका लागि काठमाडौं पठाइएकोमा चार जनाको रिपोर्ट नेगेटिभ आएको धौलागिरी अञ्चल अस्पतालले जनाएको छ।

बागलुङमा संक्रमित भेटिएपछि अन्यलाई पनि भाइरस सरेको हुन सक्ने आशंका गरिएकोमा चार जनाको रिपोर्ट नेगेटिभ आएपछि केही सहज भएको छ। परीक्षणका लागि पठाइएका मध्य युवतीका बाबु, हजुरबाबा, दाजु र दिदी गरी चार जनाको रिपोर्ट नेगेटिभ आएको र परिवारको तीन जना, उनीसँगै बेल्जियमबाट आएकी एक महिला, काठमाडौंबाट बागलुङ आएका एक जना र सोही विमानबाट नेपाल आएका ढोरपाटन नगरपालिकाका एक व्यक्तिको रिपोर्ट आउँन बाँकी रहेको धौलागिरि अञ्चल अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेण्ड डा। शैलेन्द्र बिक पोखरेलले जानकारी दिए।

बेल्जियमबाट चैत ४ गते कतार एयरवेजको विमानमा नेपाल आएकी ति युवतीलाई कोरोना भाइरसको संक्रमण पुष्टी भएपछि उनीसँगै आएकी बागलुङ नगरपालिकाकै एक महिला, उनलाई काठमाडौंसम्म ल्याउन जाने एक व्यक्ति र उनको हजुरबाबा, हजुरआमा, बाबा फुपुका छोरा छोरीको स्वाब परीक्षणका लागि काठमाडौं पठाइएको थियो। बागलुङबाट ११ जनाको स्वाब परीक्षणका लागि पठाइएकोमा चार जनाको रिपोर्ट आएको र अन्यको क्रमश आउँने अस्पतालले जनाएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.