|

बारा : कोरोना भाइरसको संक्रमणको प्रभाव रामनवमी पर्वमा पनि परेको छ। चैत्र शुक्ल नवमीका दिन मनाइने रामनवमी पर्वको अवसरमा श्रद्धा भक्तिपूर्वक भगवान् श्री रामचन्द्रको पूजा आराधना गर्न मन्दिर प्रवेश गरेका छैनन्।

बाराको ऐतिहासिक सिम्रौनगढस्थित कन्कालीमाईको पूजा प्रवेशद्वारमै गरेका छन्। प्रचीन कालदेखि चैत्र राम नवमीको अवसरमा यहाँ लाग्दै आएको मेलासमेत स्थगित भएको र श्रद्धालु प्रवेशद्‍वारमै पूजा आराधना गरेर फर्किएको स्थानीय रामबाबु मेहताले जानकारी दिए।

घरमै पूजा आराधना

कोरोना भाइरसको महामारीले अहिले देश लकडाउन भएका  कारण अधिकांशले घरमै श्रद्धापूर्वक रामको पूजा गरेर मनाइरहेका छन्। मन्दिरहरुमा भक्तजनहरु जाने अवस्था नरहेको हुनाले घरमै तस्वीर राखेर पूजा आराधना गरिरहेका छन्।

यस्तो छ पौराणिक मान्यता

सिम्रौनगढको कलात्मक रामजानकी मन्दिरलाई रानीबास नामले चिनिन्छ। १२ औं शताब्दीमा तत्कालीन कर्नाटक राजा शिव सिंहको दरबार थियो। जसलाई विशाल मन्दिरमा परिणत गरिएको छ।

तत्कालीन जंगबहादुर राणा जीतजंग राणाले आफ्ना बुवाको सम्झनामा यो मन्दिर निर्माण गरेका हुन्। मन्दिरको घण्ट तथा ढोकाहरुमा कुदिएका शव्दमा तत्कालिन इतिहासलाई वर्णन गरेको छ। वि.स. १९३५ सालमा निर्माण सम्पन्न भएको मन्दिरको उचाई करिब ८० फिट रहेको मन्दिरका पूजारी अनिरुद्र मिश्र बताउँछन्। कर्नाटक शैलीमा निर्माण गरिएको मन्दिर नेपालका अन्य मठमन्दिर भन्दा फरक छ।

मन्दिरभित्र कलात्मक रुपमा सजाइएको राम जानकीको मूर्ती रहेको छ। मन्दिरको ढोका अगाडी रामजानकीलाई हात जोडेर प्रार्थना गरिरहेका जंगबहादुर राणा परिवारको प्रतिमा राखिएको छ। मन्दिर परिसरमा अझै पनि १२ औं शताब्दीका मूर्ति तथा अवशेषहरु भेटिने गरेको छ। 

विष्णुको सातौँ अवतार

त्रेतायुगमा अयोध्याका राजा दशरथ र महारानी कौसल्यादेवीका सुपुत्रका रुपमा श्री रामचन्द्रको जन्म चैत्र शुक्ल नवमीकै दिन भएको थियो। 

विष्णुको सातौँ अवतार मानिने उनको जन्म हुँदा पुनर्वसु नक्षत्र थियो। कुण्डलीमा चन्द्रमाका साथ बृहस्पति रहेको कर्कट लग्नको योग परेको थियो।

भगवान् रामचन्द्रको कुण्डलीमा पाँचग्रह सूर्य, मङ्गल, गुरु, शुक्र र शनि एकसाथ हुने दुर्लभ योग परेको थियो। वर्षका चार नवरात्रमध्येको वासन्तीय नवरात्रका नवमीका दिन जन्मिएका रामचन्द्रले राक्षसी प्रवृत्तिको अन्त्य गरी रामराज्य स्थापना गरेका थिए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.