|

काठमाडौैं : ब्लड डोनर्स एशोसिएशन नेपाल (ब्लोदान) ले उपचाररत बिरामी र अस्पतालमा रगत अभाव हुन नदिन घरघरमै पुगेर रक्त संकलन कार्य सुरू गरेको छ। 

कोरोना (कोभिड–१९) संक्रमण फैलन नदिन 'लकडाउन' गरिएपछि खुला स्थानमा रक्तदान कार्यक्रम बन्द गरेको परोपकारी रक्तदाताहरुको संस्था ब्लोदानले आकस्मिक रुपमा रक्तदाता रहेकै स्थानमा पुगेर रक्तदान गराउन थालेको हो।

आकस्मिकरूपमा रक्तदाता रहेको स्थानमा गई रक्त संकलन कार्य सुरू गरिएको ब्लोदान जानकारी दिएको छ। चैत १४ गतेदेखि सुरू गरिएको आकस्मिक रक्तदानबाट अहिलेसम्म ३७४ युनिट रगत संकलन गरिएको छ। 

आकस्मिक रक्तदान अभियानबाट रगत आवश्यक पर्ने बिरामीका लागि केही मात्रामा भएपनि रगत व्यवस्थापन गर्न सहज हुने ब्लोदानले जनाएको छ। यो अभियानलाई निरन्तरता दिँदै उपत्यकाका विभिन्न स्थानमा आकस्मिक रक्त संकलनको काम अघि बढाउने संस्थाले जानकारी दिएको छ। 

बिरामीका अत्यावश्यक रगत संकलनमा सघाउन र रक्तदान गर्न ब्लोदानले आग्रह गरिरहेको छ। तीन सातायता विदेशबाट स्वदेश फर्किएका व्यक्तिहरुलाई रक्तदान नगराउने जनाउँदै गर्दै ब्लोदानले इच्छुक रक्तदाताहरुलाई तल उल्लेखित व्यक्तिहरुसँग सम्पर्क गर्न आग्रह गरेको छ :

अनिलरत्न तुलाधर, काठमाडौं – ९८५१०२६६४०
ज्ञानुराजा महर्जन, कीर्तिपुर – ९८५१०२३४१३
रूकेश रन्जित, भक्तपुर – ९८४१३३४४७०
केशब महर्जन, ललितपुर – ९८५१०७००७८
साधुराम महर्जन, ललितपुर – ९८५१०८५८१२
मदन श्रेष्ठ, गोदावरी, ललितपुर – ९८५१०००२१९

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.