|

काठमाडौं :  नेपाली चलचित्रकी नायिका वर्षा शिवाकोटिले कोरोनाविरुद्द लड्न सरकारको प्रधानमन्त्री राहत कोषमा एक लाख सहयोग गर्ने घोषणा गरेकी छिन्। लकडाउनको छैटौँ दिन उनले यो घोषाणा गरेकी थिइन्।

उनले सानो भिडियो सार्वजनिक गर्दै भनेकी छिन्, 'यो निकै सानो रकम हो। तर सरकारले कोरोनाविरुद्द अभियानमा चालेको यो अभियानले हरेक नेपाली जनता सुरक्षित हुन सक्छन् भन्ने सोचका साथ सहयोगीको सानो हिस्सा बन्ने कोसिस गरेकी हुँ।'

सरकारले जारी गरेको लकडाउनले नेपालीलाई असर परिरहेको भन्दै उनले विशेष गरेर मजदुरी गरेर जिविकोपार्जन गर्ने व्यक्तिको दिनचर्या भने निकै कष्टकर बनेको बताएकी छिन्।

सरकारले उनीहरुलाई छिटो राहत वितरण गरेर नागरिकको जीवन रक्षा गर्न आह्‍वान पनि गरेकी छिन्। उनले सार्वजनिक गरेको भिडियोमा भनेकी छिन्, 'कोरोना संक्रमणबाट संक्रमित व्‍यक्तिहरुलाई बचाउन डाक्टर,नर्स तथा मेडिकल क्षेत्रका व्यक्तिलाई पनि धन्यवाद भन्न चाहन्छु।'

भिडियो :

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.