काठमाडौं : नेदरल्याण्डसले नेपालमा रहेका आफ्ना नागरिकलाई जहाजमार्फत आफ्नो देश फर्काएको छ। बिहीबार बिहान करिब सवा दश बजे काठमाडौं आइपुगेको मलेसियन एयरलाइन्सको चार्टर्ड जहाजले नेदरल्याण्डसका नागरिक बोकेर साढे ११ बजे फर्किएको हो।
काठमाडौंमा खाली आएको जहाज १ सयभन्दा बढी नेदरल्याण्डसका नागरिक र केही अन्य देशका पर्यटकहरु बोकेर फर्किएको नेपाल नागरिक उड्डयन प्रााधिकरणका प्रवक्ता राजकुमार क्षेत्रीले जानकारी दिए।
यसैबीच, विभिन्न निजी कम्पनीहरुले स्वास्थ्य सामग्री लिन नेपाल एयरलाइन्सको जहाज चीन प्रस्थान गरेको छ। दिउँसो पौने १२ बजे नेपाल एयरलाइन्सको जहाज चीनको ग्वान्जाओका लागि उडेको हो। उक्त जहाजले विभिन्न कम्पनीले मगाएका स्वास्थ्यसम्बन्धी सामग्री लिएर आजै राति काठमाडौं आइपुग्ने नेपाल एयरलाइन्सका प्रबन्ध निर्देशक गणेशबहादुर चन्दले बताए।
तपाईंको ईमेल गोप्य राखिनेछ ।