काठमाडौं : नेपाल आयल निगमले कोरोना रोकथाम, नियन्त्रण तथा उपचार कोषमा रु ५० करोड रुपैयाँ सहयोग गरेको छ।
निगम सञ्चालक समितिले बुधबार बसेको बैठकले उक्त कोषमा रु आधा अर्ब सहयोग गर्ने निर्णय गरेको निगमका प्रवक्ता विनितमणि उपाध्यायले जानकारी दिए। उक्त रकम बराबरको चेक प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई आज हस्तान्तरण गरिएको छ।
निगमले भाइरसको संक्रमणबाट बच्न र बचाउन नेपाल सरकारले गरेको निर्णय कार्यान्वयनमा सघाउन विज्ञप्तिमार्फत सबैलाई अनुरोध गरेको छ।
तपाईंको ईमेल गोप्य राखिनेछ ।