|

वीरगन्ज : दिल्लीको एक मुस्लिम धार्मिक सभाबाट फर्केको आशंकामा पक्राउ परेका केहीमा कोरोना भाइरस संक्रमण भएको पुष्टि भएपछि नेपालबाट गएकाहरुमाथि पनि निगरानी बढाइएको छ। त्यसरी नेपाल प्रवेश गर्ने विभिन्‍न जिल्लाका २५ जना रहेका छन्। उनीहरुलाई क्‍वारेन्टाइनमा राखिएको छ। 

सर्वसाधारणले गाउँका मस्जिदमा नयाँ व्यक्ति देखापरेको भन्ने सूचना दिएपछि प्रहरीले सोधपुछ र अनुसन्धान गरी नियन्त्रणमा लिँदै क्‍वारेन्टाइनमा पठाउँदै गरेको छ।हाल वीरगन्जको सिद्धार्थ माविको क्‍वारेनटाइनमा २५ जना मुस्लिम धर्मावलम्बी पुगेका पर्साका प्रहरी नायव उपरीक्षक वीरेन्द्र बहादुर शाहीले बताए।

नेपाल प्रवेश गर्ने मुस्लिमहरु क्‍वारेनटाइनमा बढे 

गएराति पर्साको पटेर्वासुगौली गाउँपालिका कञ्चन वैरियास्थित मस्जिदमा लुकिछिपी बस्दै आएका ११ जनालाई प्रहरीले एकै ठाउँबाट नियन्त्रणमा लिएको थियो।उनीहरुलाई सिद्धार्थ स्कुलको क्‍वारेन्टाइनमा राखिएको थियो। प्रवेश गर्नेहरूमा ११ जना रौतहटका १२ जना सप्तरीका र थपिएकामध्ये बाँकी बारा र पर्साका छन्। पर्साको जगरनाथपुरमा अझै १६ जना आएको हल्ला सुनिएको र अनुसन्धानपछि मात्र थाहा हुने पर्सा प्रहरीले जनाएको छ। 

पर्साका कोभिड १९ कमान्ड पोस्टका सदस्यसचिव तथा पर्साका सहायक प्रमुख जिल्ला अधिकारी ललितकुमार बस्नेतका अनुसार ती सबै नेपाली हुन्। दिल्लीको धार्मिक सभामा सहभागीमध्ये केहीलाई कोरोनाको संक्रमण फेला परेको पुष्टि भएसँगै नेपाल गएका मुस्लिमहरुलाई निगरानीमा राखिएको बस्नेतले बताए।

१४ दिन क्‍वारेन्टाइनमा राखेर उनीहरु सबैलाई छोडिने तर उनीहरुको परिवार तथा समाजमा कसैबाट संक्रमण फैलन नपाओस् भनी सजगता अपनाइएको बस्नेतले बताए। 

भारत हिँडेका १ सय ६८ जना ठाकुरराम क्याम्पसको होल्डिङ क्याम्पमा  

यता बुधबार नेपाल भारत दशगजाबाट नियन्त्रणमा लिइएका ४ सय १७ जनामध्ये १ सय ६८ भारतीयलाई वीरगन्जको ठाकुरराम बहुमुखी क्याम्पसमा होल्डिङ क्याम्पमा राखिएको छ। १ सय ६८ भारतीयबाहेक बाराका ३१, महोत्तरीका १२, चितवनका १४ र बाँकी पर्साका सबैलाई आफ्नै गन्तव्यतर्फ पठाउन सम्बन्धित पक्षलाई सहकार्य गरी क्‍वारेन्टाइनमा राख्न भनिएको बस्नेतले बताए। 
 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.