|

ओखलढुंगा : विदेशबाट फर्किएका १३३ मध्ये चारजना क्वारेन्टाइनमा र दुई जना आइसोलेशनमा बसेका छन्। बाँकी १२७ जना आफ्नो घरमा नै बसिरहेको जिल्ला प्रशासन कार्यालय ओखलढुङ्गाले जनाएको छ।

जिल्ला प्रशासन कार्यालयका अनुसार विगत दुई साताको अवधिमा विदेशबाट १३३ जना जिल्ला फर्किएका छन्। तीमध्ये भारतबाट फर्किएका सिद्धिचरण नगरपालिकाका दुई किशोरीलाई ओखलढुङ्गा सामुदायिक अस्पतालको आइसोलेशन कक्षमा राखिएको छ। जिल्ला प्रशासन कार्यालयको आग्रहमा जिल्लाका आठ वटै स्थानीय तहले आ-आफ्नो पालिकाभित्र हालसालै विदेशबाट फर्किएका नागरिकको खोजी गरिरहेका छन्।

स्थानीय तह र स्वास्थ्य शाखामार्फत विदेशबाट फर्केका नागरिकको खोजी भइरहेको प्रमुख जिल्ला अधिकारी गणेश आचार्यले बताए। उनका अनुसार अहिले क्वारेन्टाइनमा नबस्नेलाई घरैमा १४ दिनसम्म होम क्वारेन्टाइनमा बस्न आग्रह गरिएको छ। क्वारेन्टाइन व्यवस्थित नहुँदा र आवश्यक चेतनाको कमीका कारण विदेशबाट आएका १ सय २७ अधिकांश व्यक्ति घरैमा बसेका छन्।

उनीहरु खुल्ला रुपमा घरमै बस्दा सङ्क्रमणको जोखिम बढेको सुनकोशी गाउँपालिका-१० का वडाअध्यक्ष झनक कार्कीले बताए। विदेशबाट आएका व्यक्ति स्वास्थ्य परीक्षणसमेत नगरी घरैमा बसेका कारण गाउँघरमा सङ्क्रमणको त्रास बढेको उनको भनाइ छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.