|

संखुवासभा : संखुवासभामा निमार्णाधीन ९ सय मेगावटको अरुण तेस्रो जलविद्युत् आयोजनामा कार्यरत मजदुरको मृत्यु भएको छ। अरुण तेस्रोको ड्याम साइड फ्याक्सिन्दामा कार्यरत भारत बिहार प्रदेशको मजापुरका ४२ वर्षीय सुबोध मिश्रको मृत्यु भएको संखुवासभा प्रहरीले जनाएको छ। 

ड्याम साइड फाक्सिन्दा दोभानको क्याम्पमा खाना खाएर सुतेका मिश्र उचानक बेहोस भएर ढलेका थिए। स्थानीय स्वास्थ्यकर्मीले उपचार गर्दागर्दै उनको मृत्यु भएको प्रहरीले जनाएको छ। 

मिश्रको शव जिल्ला अस्पताल खाँदबारीमा पोस्टमार्टमपश्चात् आफन्तको जिम्मा लगाइसकिएको जिल्ला अस्पताल खाँदबारीले जनाएको छ। १७ गते साँझ क्याम्पमा खाना खाएर सुतेका मिश्र बिरामी भएपछि स्वास्थ्यकर्मीलाई खबर गरिएको थियो। मिश्रको शव बुधबार पोस्टमार्टमपछि भारत पठाइएको सतजल कम्पनी तुम्लिङटारले जनाएको छ। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.