|

डडेल्धुरा : कोरोना भाइरस ९कोभिड १९० को  आशंकामा गरिएका डडेल्धुराका एक युवकको थ्रोट स्वाब परीक्षणको रिपोर्ट नेगेटिभ आएको छ। बिहीबार ती अन्दाजी २० वर्षीय युवकको थ्रोट स्वाब परीक्षणको रिपोर्ट नेगेटिभ आएको हो। डडेल्धुरा अस्पतालले आइतबार अमरगढी नगरपालिका ९ का ती युवकको नमुना संकलन गरेर राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेक, काठमाडौं  पठाएको थियो। 

उनको रिपोर्ट नेगेटिभ आएको अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा जगदीशचन्द्र विष्टले जानकारी दिए। भारतको मुम्बईबाट घर आएको र रुखाखोकी तथा समान्य ज्वरो देखिएकाले उनलाई डडेल्धुरा अस्पतालमा ल्याइ थ्रोट स्वाब संकलन गरिएको थियो। उनलाई अस्पतालले होम क्वारेन्टाइनमा बस्‍न भनी यसअगाडि नै घरै पठाएको थियो।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.