|

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ७ मुस्लिम राष्ट्रका नागरिकलाई अमेरिका प्रवेशमा लगाएको रोकलाई अमेरिकी संघीय अदालतले कार्यान्वयन नगर्न अन्तरकालिन आदेश दिएको छ। 

ट्रम्पले कार्यकारी अधिकार प्रयोग गर्दै ७ मुस्लिम राष्ट्रका नागरिकलाई आतंककारीको प्रवेश हुनसक्ने भन्दै अमेरिका प्रवेशमा रोक लगाएका थिए। संघीय अदालतले धार्मिक आस्थाको रुपमा लगाएको रोकलाई शुक्रबार रोकिदिएको हो।

वासिङ्टन राज्यका संघीय न्यायाधीश जेम्स रोबर्टले ट्रम्पको घोषणा कार्यान्वयन नगर्न अन्तरकालिन आदेश दिएका हुन्। ट्रम्पको मुस्लिमलाई अमेरिका प्रवेश रोक लगाउने चुनावी नारादेखि कार्यकारी आदेशमाथि संघीय न्यायाधीशको यो निर्णयले राष्ट्रपतिलाई ठूलो धक्का भएको मानिएको छ।

गतहप्ता ट्रम्पले ९० दिनका लागि ७ मुस्लिम बाहुल्यता भएका राष्ट्रका जनतालाई अमेरिका प्रवेशमा रोक लगाउन आदेश दिएका थिए। त्यस्तै १२० दिनका लागि सिरियाली शरणार्थीलाई अमेरिका प्रवेशमा रोक लगाएका थिए।

'हामी यो आदेशको पर्खाइमा थियौं', आदेशपछि वासिङ्टनका महान्यायाधिवक्ता बब फर्गुसनले भनेका भने, 'यसो गर्न हामीसँग प्रशस्त संवैधानिक दावी छन्।' आवश्यक परे ट्रम्पको मुस्लिम नागरिकको अमेरिका प्रवेश रोकका विरुद्ध उच्च अदालतसम्म लैजाने बबले बताए।

राष्ट्रपति ट्रम्पको आदेशको अमेरिका लगायत विश्वका विभिन्न भगमा चर्को विरोध भएको थियो भने सयौं मुस्लिमलाई विमानस्थलबाटै पक्राउ गरिएको थियो। त्यस्तै हजारौं भिसा खारेज गरिएको थियो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.