|

गुल्मी : देश लकडाउनमा भइरहेका बेला गुल्मीमा अति विपन्‍न १ सय ५२ परिवारका लागि खाध्यान्‍न वितरण गरिएको छ। जिल्लाको मालिका गाउँपालिका वडा ६ अर्जेका दैनिक ज्यालादारी गरेर साँझ बिहान खाने ७२ परिवारका लागि पहिलो चरणमा प्रतिपरिवार ३० किलो चामल, ३ किलो दाल, एक किलो नुन र एक लिटर तेलसँगै मास्क पनि वितरण गरिएको अर्जेका शोभाकर गिरीले जानकारी दिए। 

यस्तै चन्द्रकोट गाउँपालिका ६ हरेवाका अतिविपन्‍न २० परिवारका लागि खाध्यान्‍न वितरण गरिएको हरेवाका वडाध्यक्ष गोकर्ण शर्माले जानकारी दिए। शर्माका अनुसार परिवार संख्याका आधारमा तीन सय १० किलो चामल, ५० किलो दाल, २० किलो नुन, २० लिटर खाने तेल र ४१ थान साबुन वितरण गरिएको छ। 

यस्तै धुर्कोट गाउँपालिका वाग्लामा पनि ६० परिवारलाई राहत वितरण गरिएको छ। प्रतिपरिवार २५ किलो चामल, ५ किलो आलु, एक किलो नुन र एक लिटर खानेतेल वितरण गरिएको गाउँपालिकाका अध्यक्ष भूपाल पोखरेलले बताए। साथै वडाका अतिविपन्‍न परिवारको तथ्यांक संकलन गरिएको र सोही डाटाअनुसार राहत वितरण गरिएको उनले बताए। 

  अघिल्लो समाचार

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.