|

डडेल्धुरा : भारतको पिथौरागढबाट घर फर्किएका आलिताल गाउँपालिका ३ कुलेडीका ३ जनालाई नियन्त्रणमा लिएर क्‍वारेन्टाइनमा राखिएको छ। उनीहरूलाई गाउँपालिकाले आफैंले निर्माण गरेको क्‍वारेन्टाइनमा राखेको हो।

भारतको पिथौरागढमा ज्याला मजदुरी गर्दै आइरहेका गाउँपालिका ३ कुलेडीका किरण डडाल, गोपाल डडाल र प्रकाश डडाललाई क्‍वारेन्टाइनमा राखिएको हो। विश्वभर कोरोनो भाइरसको महामारी फैलिँदै गएपछि कामकाजहरू प्रभावित हुँदा ठेकदारले उनीहरूलाई कामबाट निकालेको थियो।

ठेकेदारले कामबाट निकालेर २ हजार गाडी भाडा दिएर पठाएको र ३ दिन लगाएर सिमानासम्म आइपुगेपछि उनीहरू महाकाली नदीमा पौडिएर नेपाल प्रवेश गरेका थिए। लकडाउनका कारण नियमित बाटो प्रयोग गर्न नपाएपछि महाकाली नदीमा पौडी खेलेर नेपाल प्रवेश गरेको उनीहरूले बताएका छन्। 

उनीहरुलाई अहिले गाउँपालिकाले १४ दिनको क्‍वारेन्टाइनमामा राखेको गाउँपालिका उपाध्यक्ष जलाकुमारी विष्ट वोगटीले जानकारी दिइन्। उनीहरूको स्वास्थ्यस्थिति भने सामान्य रहेको गाउँपालिका स्वास्थ्य शाखा प्रमुख धनबहादुर क्षत्रीले जानकारी दिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.