|

कञ्चनपुर : लकडाउनका बेला कञ्चनपुरमा दुई घण्टा बैंक खुल्ने भएको छ। जिल्ला प्रशासन कार्यालय कञ्चनपुरमा कोरोना भाइरस संक्रमण रोकथाम तथा नियन्त्रण जिल्लास्तरीय समन्वय समितिको बैठकले चैत २३ देखि दुई घण्टा बैंक खोल्न दिने निर्णय गरेको हो।

भीडभाड नगर्ने, सामाजिक दूरी कायम गर्ने, सेनिटाइजरको व्यवस्था गर्नेलगायतका शर्तमा बिहान ११ देखि १ बजेसम्म बैंक खोल्न दिने निर्णय गरिएको जिल्ला प्रशासन कार्यालयका सहायक प्रमुख जिल्ला अधिकारी गोकर्णप्रसाद उपाध्यायले जानकारी दिए।

यस्तै, मिर्गौलाको डाइलासिस गर्नु पर्ने बिरामीलाई अस्पतालको पुर्जीको आधारमा आवागमन गर्न दिने, भीडभाड नहुने गरी स्थानीय तह र सुरक्षा निकायसँग समन्वय गरी गहुँ थ्रेसिङ गर्न दिने, राति आठ बजेपछि कुखुराको दाना ढुवानी गर्न दिने, प्रमुख प्रशासकप्य अधिकृतको रोहवरमा निरीक्षण गरी क्वारेन्टाइन सञ्चालन गर्न दिने निर्णय समेत गरिएका छन्।

महाकाली नगरपालिकाले तोकेको ठाउँ र भीमदत्त नगरपालिकास्थित बैजनाथ माध्यमिक विद्यालयमा भारतीय सीमा नाकाबाट नियन्त्रणमा लिइएक व्यक्तिहरुलाई राख्ने, नियन्त्रणमा लिइएका व्यक्तिहरुको भरणपोषणका लागि आवश्यक रकम प्रारम्भिक चरणमामा भीमदत्त र महाकाली नगरपालिकाले व्यहोर्ने निर्णय गरिएको सहायक प्रमुख जिल्ला अधिकारी उपाध्यायले जानकारी दिए। यस्तै, स्थानिय तहहरुमा सञ्चालनमा रहेको घुम्ती पसल सेवालाई थप सुदृढ र व्यवस्थित गर्ने निर्णय समेत गरिएको छ। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.