|

काठमाडौं : सरकारले स्थापना गरेकाे  कोरोना सङ्क्रमण नियन्त्रण तथा रोकथाम उपचार कोषमा  एक अर्ब बढी रकम जम्मा भएको छ। 

प्रधानमन्त्री कार्यालयका अनुसार बिहीबार साँझ सम्ममा कोषमा एक अर्ब ९ करोड २५ लाख २२ हजार ५ सय ८६ रुपैया जम्मा भएको छ। 

कोषमा बिहिबार मात्रै ८४ करोड करोड ५१ लाख ५० हजार १ सय २४ रुपैयाँ जम्मा भएको प्रधानमन्त्री कार्यालयका प्रवक्ता राजेन्द्र कुमार पौडेलले जानकारी दिए। कोषमा नेपाल आयल निगमले ५० करोड  र  नेपाल दुरसञ्चार प्राधिकारणले १५ करोड रकम जम्मा गरेको छ। 

त्यस्तै कर्मचारी संचयकोष, नेपाल धितोपत्र बोर्ड र निक्षेप तथा कर्जा सुरक्षण कोषले  तीन–तीन करोड रुपैयाँ जम्मा गरेका छन। त्यस्तै नेपाल स्टक एक्चेन्जले ३ करोड ५१ लाख जम्मा गरेको छ भने नागरिक लगानीकोषको तर्फबाट २ करोड रुपैयाँ जम्मा भएको प्रधानमन्त्री कार्यालयले जनाएको छ।

कोषमा नेपाल पुनर्वीमा कम्पनीले एक करोड १ लाख ११ हजार  दिएको छ । एनएमबी बैंकले १ करोड, ५१ लाख, प्रभु बैंकले १ करोड एक लाख, नेपाल ईन्भेष्टमेन्ट बैंकले १ करोड रुपैयाँ जम्मा गरेको छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.