उपत्यकामा दैनिक ६० पिन्ट रगत माग

|
फाइल फोटो

काठमाडौं : काठमाडौं उपत्यकामा रगतको अभाव भएपछि ब्लड बैंकले स्वैच्छिक रक्तदानका लागि आग्रह गरेको छ। कोरोना भाइरसको संक्रमणको जोखिमका कारण मुलुक लकडाउन गरिँदा रगत संकलन कार्य प्रभावित भएकाले  ब्लड बैंकले रक्तदानका लागि इच्छुक व्‍यक्तिलाई आग्रह गरेको हो।

रगत दिन योग्य र इच्छुक व्‍यक्तिले आफूलाई पायक पर्ने ब्लड बैंकमा गएर रगत दिन सकिने नेपाल रेडक्रस सोसाइटी केन्द्रीय रक्तसञ्‍चार सेवाका लेखा अधिकृत ईश्वरी पन्तले बताए। कोरोना भाइरसको संक्रमणको समय भएकाले अझै रगतको माग बढ्न सक्ने हुँदा रगत संकलन कार्यमा सहयोग गर्न इच्छुक व्‍यक्तिलाई पन्तले आग्रह गरे।

लकडाउनका  समयमा उपत्यकामा रगतको अभाव भएपछि बैंकले दाताको घरघरै गएर रगत संकलन गरिरहेको छ। लकडाउन सुरु भएको भोलिपल्टैदेखि इच्छुक व्‍यक्तिको घरसम्मै पुगेर रगत संकलन कार्य सुरु गरेको पन्तले जानकारी दिए।

यस्तै नियमित रुपमा रक्तदान गर्दै आएका व्‍यक्तिले अहिले पनि बैंकसम्मै पुगेर रक्तदान गरिरहेका छन्। यसरी विभिन्न उपाय अपनाउँदै ब्लड बैंकले दैनिक ३५ देखि ४० पिन्टसम्म रगत संकलन गर्दै आएको छ। उपत्यकामा दैनिक ५० देखि ६० पिन्टसम्म रगतको माग हुँदै आएकाले माग पूरा गर्न नसकेको उनको भनाइ छ।

इमर्जेन्सी वार्डमा भर्ना गरिएका बिरामीको मागलाई पहिलो प्राथमिकतामा राखेर काम गरिरहेको उनले बताए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.