२० दिनपछि घटना बाहिरियो

|

बारा : बुहारी बनाउँछु भनेर बोलाएर बाराका एक व्यक्तिले रौतहटकी एक किशोरीमाथि जबरजस्तीकरणी गरेको घटना सार्वजनिक भएको छ। करिब एक महिनाअघि आफ्नो छोरासित बिहे गराई बुहारी बनाउँछु भनी हेर्न बोलाएर किशोरीलाई होटेलमा लगी जबरजस्तीकरणी गरेको घटना सार्वजनिक भएको हो।

बाराको कलैया उपमहानगरपालिका-९ रामपुर टोलका ४० वर्षीय अब्दुला अन्सारीले १७ वर्षीया किशोरीलाई चैत १ गते जबरजस्तीकरणी गरेको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता प्रहरी नायव उपरीक्षक गौतम मिश्रले बताए। ‘छोरासित बिहे गराउँछु भनी हेर्नको लागि किशोरीलाई बोलाएको रहेछ’, प्रवक्ता मिश्रले भने–‘किशोरीलाई हेर्न बोलाएर होटेलमा लगि जबरजस्तीकरणी गरेको खुल्न आएको छ।’

हजुरआमासँग बिहेबारे कुरा गर्न कलैया आएकी किशोरीलाई अन्सारीले छोरा भेटाएर ल्याउँछु भनेर हजुरआमासँग छुटाएर लगेका थिए। अन्सारीले किशोरीलाई कलैयाको एक होटलमा राति ८ बजे पु¥याएका थिए। बहिनी भनेर होटलमा रेकर्ड राखेका अन्सारीले सँगै रात बिताएका थिए। बुहारी बन्न आएकी किशोरीलाई उनले होटलमा जबरजस्ती करणी गरेका थिए।

अन्सारीले किशोरीलाई घटनाको भोलिपल्ट कटरिया बजार पु¥याएर छाडेर भागेका थिए। किशोरीको परिवारले रौतहट प्रहरीमा अभद्र व्यवहारको मुद्दा दर्ता गराएका थिए। अभद्र व्यवहारको मुद्दा दर्ता भएपछि फरार रहेका अन्सारीको जबरजस्ती करणीबारे भने मुख खोलेका थिएनन्। घटनालाई गाउँमै मिलाउने प्रयास भए पनि सहमति नजुटेपछि बारा प्रहरीमा जाहेरी परेको स्रोतले जनाएको छ।

२० दिनपछि जाहेरी बाहिर आयो

जबरजस्ती करणीको घटना भएको २० दिनपछि पीडित किशोरीको परिवार बारा प्रहरीमा पुगेको छ। पीडित परिवारले जिल्ला प्रहरी कार्यालय बारामा चैत १९ गते जबरजस्ती करणी मुद्दामा जाहेरी दिएका थिए।

चैत १ गतेको घटना भएपछि ढिलो गरी जाहेरी परेको हो। एक वर्षसम्म जाहेरी दिन सकिने कानुनी व्यवस्था भएकाले जाहेरी आउनेबित्तिकै मुद्दा दर्ता गरी अनुसन्धान अघि बढाइएको प्रवक्ता मिश्रले बताए।

पक्राउ परे अन्सारी

किशोरीलाई जबरजस्ती करणी गरेको आरोपमा अन्सारीलाई पक्राउ गरी प्रहरी हिरासतमा राखिएको इलाका प्रहरी कार्यालय गरुडाका प्रहरी नायव उपरीक्षक ज्ञानकुमार महतोले जानकारी दिए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.