|

काठमाडौं : विश्वब्यापी रुपमा फैलिएको कोरोना भाइरस नेपालमा पनि देखिन थालेपछि सरकारले रोकथाम र नियन्त्रणका लागि लकडाउन गरेको १२ औं दिन भएको छ।

लकडाउन भएसँगै गाउँबाट शहरमा र छिमेकी देशमा समेत गएर मजदुरी गर्नेहरुको अहिले विजोग भएको छ। बीच बाटोमै अलपत्र परेकाहरुलाई रोगले भन्दा भोकले मरिने हो कि भन्ने चिन्ता बढेको छ।

कामगरी खाने हट्टाकट्टाहरु पनि रोजगारी गर्ने ठाउँ बन्द हुँदा र खानाको जोहो समेत गर्न नपाउँदा भोकै पर्न थालेका छन्। कोरोनाबाट बच्‍न सरकारले सबैलाई क्वारेन्टाइनमा बस्न भनिरहेको छ, तर हुँदाखाने वर्गलाई रोगबाट मरिएला भन्दा नि भोकै रन्थन्निएर मरिएला भन्ने चिन्ताले सताएको छ।  

खाना कहाँ पाइन्छ भनेर खोज्नु परेको छ। कोरोनाकै कारण एकछाक खानाका लागि हात फैलाउनुपर्ने स्थिति आउनु दु:खद हो, तर नेपालीहरु मनकारी पनि छन्। आफ्नो ज्यान जोखिममा पारेर पनि समस्यामा परेकाहरुका लागि रातदिन खट्ने सहयोगी हातहरु पनि छन्।

यसरी दैनिक ज्याला मजदुरी गरी ज्यान पाल्नेहरुको अवस्था देखेपछि माधवराज सुमार्गी भवन पशुपतिमा अहिले दैनिक चार सय जनाभन्दा बढिलाई खाना खुवाउने काम भइरहेको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.