|

कञ्‍चनपुर : कञ्‍चनपुरको कृष्णपुर नगरपालिकाले कोरोना भाइरस (कोभिड १९) संक्रमण रोकथाम र नियन्त्रणका लागि एक करोड रुपैयाँको विपद् व्यवस्थापन कोष स्थापना गरेको छ। 

नगरपालिकाले कोरोना भाइरस रोकथाम र नियन्त्रणका लागि कोषको स्थापना गरिएको बताएको हो। नगर प्रमुख कर्णबहादुर हमालले कोषको रकम कोरोना भाइरस रोकथाम तथा राहत प्याकेज वितरण र अन्य विपद् व्यवस्थापन गर्नका लागि खर्च गरिने बताए। 

दैनिक ज्यालादारी गरी जिवन निर्वाह गर्ने मजदुरहरुलाई  परिवार संख्याका आधारमा चामल २५ किलो, दाल ३ किलो, नुन १ किलो, तेल १ लिटर र ४ जना भन्दामाथि संख्या भएको परिवारलाई  चामल ३० किलो, दाल  ३ किलो, नुन १ किलो, तेल  १ लिटर वितरण गर्ने मापदण्ड निर्धारण गरेको छ। कोरोना भाइरस पूर्वतयारी तथा प्रतिकार्यसम्बन्धी वडास्तरीय समन्वय समितिमार्फत राहत वितरण गरिने बताइएको छ। 
 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.