|

म्याग्दी : म्याग्दीबाट पठाइएको अर्को नमुना पनि नेगेटिभ आएको छ। कोरोना भाइरसको संक्रमणको आशंकामा बिहीबार पोखरा पठाइएको ‘स्वाव’ रिपोर्ट शुक्रबार नेगेटिभ आएको बेनी अस्पताल व्यवस्थापन समितिका अध्यक्ष बेलबहादुर कटुवालले बताए।

चैत्र ८ गते भारतबाट आएर बेनीको न्यू वेष्ट प्वाइन्ट आवासीयको क्वारेन्टाइनमा बसेका युवाको ‘स्वाव’ नमुना परीक्षणका लागि एम्बुलेन्सबाट गण्डकी प्रदेशको कोरोनाको नमुना परीक्षण केन्द्रमा पठाइएको थियो। सो रिपोर्ट पनि नेगेटिभ आएको थियो।

त्यसैगरी मंगलबार बेनीबाट पोखरा पठाइएको एक महिलाको नमूना गण्डकी प्रदेशले थप परीक्षणका लागि काठमाडौंको टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा पठाइएको थियो। ती महिलाको रिपोर्ट पनि आज बिहान नेगेटिभ आएको थियो। हालसम्म म्याग्दीबाट पठाइएको तीनवटै नमुनाको नेगेटिभ रिपोर्ट आएको छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.