|

काठमाडौ‌ :  बहराइनमा कोरोनाको संक्रमण हुने नेपालीको संख्या १२ पुगेको छ। बहराइनस्थित नेपाली राजदूतावासले विज्ञप्ति जारी गर्दैं उक्त कुरा जानकारी गराएको हो। केहि समय अगाडि सल्माबाद स्थित एक क्याम्पमा एक जना विदेशी नागरिककमा संक्रमण देखिए पश्चात त्यहाँ कार्यतर करिब चार सय जनालाई क्वारेनटाइनमा राखिएकोमा हाल थप ९ जना नेपालीमा संक्रमण पुष्टि भएको हो।

यस अघि ३ जना नेपालीमा कोरोनाको संक्रमण देखा परेको थियो । बहराइनमा २ अप्रिल बेलुवा ८ बजे सम्म ३६,५०६ जनामा कोरोना संक्रमण भए ÷ नभएको परिक्षण गरिएको दूतावासले जानकारी दिएको छ।

संक्रमित व्यक्तिहरुको संख्या २५८ जना रहेकोमा ३ जनाको क्रिटिकल अवस्थामा रहेका छन्। साथै संक्रमणबाट सन्चो भएर डिस्चार्ज हुनेको संख्या ३८१ पुगेको दूतावासले बताएको छ।

बहराइनको स्वास्थ्य मन्त्रालयको अनुसार कोरोना संक्रमितहरुको उपचार पश्चात डिस्चार्ज हुनेको संख्या जी सी सी मूलुकहरु मध्ये बहराइनमा सबैभन्दा उच्च रहेको दूतावासको भनाई छ।

कोरोनाको संक्रमण नियन्त्रण नहुँदाको सम्मको लागि ५ जना वा सो भन्दा कम मात्र मानिस भेला हुन बहराइनले अपिल गरेको छ। सार्वजनिक पार्कमा घुमघाम गर्न निषेध गरेको छ।

बहराइन सरकारले संक्रमण रोकथाम थप प्रभावकारिताका लागि संक्रमितले क्वारेनटाइन अवज्ञा गरेको पुष्टी भएमा ३ महिना सम्म जेल सजाय अथवा वहरानी डिनार १ हजार देखि १० हजार सम्म जरिवाना वा दुवै सजाय हुने प्रावधान जारी गरेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.