|

जुम्ला : विश्वभर कोरोना भाइरसको संक्रमण महामारीको रुपमा बढेपछि चन्दननाथ नगरपालिका–१ का वडा कार्यालयको टोली नागरिकको स्वास्थ्य अवस्था बुझ्न गाउँगाउँ पुगेको छ।

नागरिकलाई कोरोनाबारे जानकारी दिन स्वास्थ्यकर्मीसहितको टोली औषधिलगायत स्वास्थ्य सामग्रीसहित गाउँगाउँ पुगेको ठिन्के स्वास्थ्य सहकारी केन्द्रकी इन्चार्ज जानकी महतले बताइन्। टोलीले नागरिकलाई मास्क, साबुन र हाते रुमाल वितरण गरेको वडाध्यक्ष जयबहादुर रावतले बताए। 

‘लकडाउनको समयमा वडाका सबै गाउँका स्थानीयको स्वास्थ्य परीक्षण गरिएको छ,’ वडाध्यक्ष रावतले भने, ‘कोरानाको संक्रमणबारे जनचेतना सँगसँगै गाउँलेहरुको स्वास्थ्य अवस्था कस्तो छ भन्नेर गाउँभित्रै स्वास्थ्यकर्मीहरुको सहयोगमा स्वास्थ्य जाँच गरेका हौँ।’  

वडाध्यक्ष रावतका आनुसार वडा नम्बर १ को कुलाबाडा, महतराबाडा, , थ्यइतवाडा, सार्कीबाडा, आचर्याबाडा, रावतबाडा, र दमाईबाडालगायत गाउँमा स्थानीयको घरमै पुगेर स्वास्थ्य जाँच गरिएको छ। त्यस अवसरमा तीन हजार २०० मास्क, ६५० रुमाल र ६५० थान साबुन वितरण गरिएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.