|

काेराेना भाइरसकाे संक्रमण फैलिन नदिन सरकारले देशभर लकडाउन गरेकाे शनिबार १२ दिन पुगेकाे छ। जसका कारणा हरेक नेपालीमा परेका छन्। सरकारले घरबाहिर ननिस्कन उर्दी लगाएकाे छ। यसकाे प्रत्यक्ष मारमा दैनिक ज्यालादारीमा काम गर्ने मानिस परेका छन्।

त्यसमाथि आर्थिक अवस्था कमजाेर भएकालाई झनै समस्या भएकाे छ। लकडाउनका कारण काममा जान नसकेका निम्‍न आय भएका आफ्ना नागरिकलाई स्थानीय तहले राहत वितरण भने गरिहरका छन्। 

नारायण नगरपालिकाद्वारा ९ सय बढी परिवारलाई खाद्यान्न वितरण

दैलेखकाे नारायण नगरपालिकाले लकडाउनको बेला अत्यावश्यक वस्तु जोहो गर्न नसक्ने, दैनिक मजदुरी गरी खाने अति विपन्न परिवारलाई खाद्यान्न वितरण गरेको छ। नगर प्रमुख रत्न बहादुर खड्काका दालचामल, नुनतेल, साबुन गरी पहिलो चरणमा ९ सय ५४ घरलाई राहत वितरण गरिएकोे छ। नगरपालिकामा ११ वटा वडा छन्। 

खाँदबारी नगरपालिकाले पनि थाल्यो राहत वितरण

संखुवासभाको खाँदवारी नगरपालिकाले पनि विपन्न परिवारलाई राहत वितरण सुरु गरेको छ। खाँदवारी नगरपालिकाले ११ वटै वडामा करिब १ हजार ३ सय परिवारलाई राहत वितरण गर्ने लक्ष्य रहेको नगरपालिकाले जनाएको छ।

नगरपालिकाले पहिलो चरणमा १ हजार ३ सय विपन्नलाई खाद्यान्नत तथा सामग्र वितरण गरिएको जनाएको छ। खाद्यान्न अन्तर्गत चामल दाल तरकारी नुनतेल वितरण गरिएको १ किलो नुन र १ लिटर तेल वितरण गरिएको नगर प्रमुख मुरारीप्रसाद खतिवडाले बताए। वडा नम्बर २, ५ र ६ बाहेक वडामा राहतवापत सामग्र वितरण गरिएको जनाएको छ। आइतबारसम्म सबै वडामा राहत वितरण गरिने नगरपालिकाले जनाएको छ। 

ठाकुरबाबाका मेयर आफैं पुगे राहत बाँड्न 

बर्दियाको ठाकुरबाबा नगरपालिका र बढैयाताल गाउँपालिकाले पनि अतिविपन्न पहिचान गरिएकालाई घरघरै पुगेर खाद्यान्न वितरण गरेको छ।ठाकुरबाबाका मेयर आफैं रातत बाँड्न खटिएका थिए। नगरले चामल, दाल, तेल र नुन वितरण गरेको नगरप्रमुख घननारायण श्रेष्ठले जानकारी दिए। नगरपालिकाले हालसम्म १३ सयलाई राहत प्रदान गरेको जनाएको छ।

यसैगरी बढैयाताल गाउँपालिकाले पनि विपन्न परिवारलाई खाद्यान्न वितरण कार्य जारी रहेको बताएको छ। नगरपालिकाले नुनतेल, आलुलगायत खाद्यान्न वितरण गरेको जनाएको छ। साथै नगरले कोरोना संक्रमित बिरामीको उपचारका लागि १ सय ६ बेडको क्वारेनटाइन र १६ बेडको आइसोलेसन कक्ष तयारी अवस्थामा राखको छ। 

दैलेखबाट उदयराज अधिकारी, संखुवासभाबाट भविन कार्की र बर्दियाबाट विमला ढकालकाे रिपाेर्ट

 

 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.