|

मुगु : कोराना सक्रमण नफैलियोस् भन्ने हेतुले सोरु गाउँपालिकाले आफ्नो पालिका भित्रिने सीमा नाका र पालिकाकेन्द्रसहित सात ठाउँमा हेल्थ डेस्क र तीन ठाउँमा क्‍वारेन्टाइन स्थापना गरेको छ।  गाउँपालिकाले हेल्थ डेस्क र क्‍वारेन्टाइनमा खटिरहेका स्वास्थ्यकर्मीहरुलाई सुरक्षा सामग्री उपलब्ध गराउन सकेको छैन। जसका कारण स्वास्थ्यकर्मीहरु जोखिम मोलेर काम गरिरहेका छन्। 

जिल्लाका चार स्थानीय तहमध्ये छायानाथ रारा नगरपालिका, खत्याड र मुगुम कार्मारोङ गाउँपालिकाले भने हेल्थ डेस्क र क्‍वारेन्टाइनमा कार्यरत स्वास्थ्यकर्मीलाई आवश्यक सुरक्षा सामग्री र अन्य उपकरण उपलब्ध गराएका छन्। सोरुले भने हालसम्म आफ्ना हेल्थ डेस्क र क्‍वारेन्टाइनमा पिपिई, थर्मगन र मास्कसमेत उपलब्ध गराउन सकेको छैन। सोरुले पालिकाभित्र तीन स्थानमा क्‍वारेन्टाइन र चार स्थानमा हेल्थ डेस्क स्थापना गरेको छ। स्वास्थ्यकर्मीहरु साधारण मास्कको भरमा काम गर्न बाध्य भएका गाउँपालिका स्वास्थ्य शाखाका उपसंयोजक राजदेवी शाहीले जानकारी दिइन्।

सोरु ७ सिपमा रहेको आधारभूत प्रथामिक विद्यालयमा दुबईबाट आएका दुई जना र भारतबाट आएका ८ जनालाई क्‍वारेन्टाइनमा राखिएको छ। १४ दिनसम्म उनीहरुको हेरचाह, चेकजाँच र सुरक्षाका लागि सिप स्वास्थ्यचौकीका इन्चार्ज र कालै प्रहरी चौकीका असईको कमाण्डमा अन्य चार जना प्रहरीहरु राखिएका छन्।उक्त क्‍वारेन्टाइनमा कार्यरत स्वास्थ्यकर्मी साधारण थर्मोमिटर र मास्कको भरमा बसेका छन्। 

जिल्लाका अन्य स्थानीय तहले भने केही थान पिपिई ल्याइसके छन्। केहीले स्थानीय बजारबाटै जोहे गरेका छन्। ‘हामिलाई कुनै सामग्री उपल्बध गराइएको छैन,’ सिप स्वास्थ्य चौकीका इन्चार्ज चरित्र धामीले भने, ‘प्रदेश सरकारकाबाट आएका तीन थान एक पटक मात्र प्रयोग हुने गाउनबाहेक अरु केही सामग्री दिइएको छैन।’
कोरना भाइरस रोकथाम र नियन्त्रणप्रति गाउँपालिकाले खासै चासो नराखेपछि चैत्र २१ गते सोरु गाउँपालिका हेल्थ डेस्क र क्‍वारेन्टाइन स्थलको अनुगमन गर्न पुगेका जिल्लाका सिडिओसहितको टोलीले आवश्यक स्वास्थ्य समग्री ढुवानीको आश्वासन दिएको थियो। 
 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.